तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

शान्ती समाज द्वारा दिप प्रज्वलन (फोटो फिचर)

बुटवल बैशाख– मनावअधिकार तथा शान्ती समाज रुपन्देहीले शाखाले लोकतन्त्र दिवसको अवसरमा बुटवलमा दिप प्रज्वलन गरेको छ । बुटवल पुष्पलाल पार्कमा आयोजना गरिएको कार्यक्रमलाई संम्बोधन गर्दै मानवअधिकार तथा शान्ती समाज नेपालका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले पछिल्लो समयमा राजनीति दलले लोकतन्त्रको उपहास गरेको बताएका थिए । जनतको बलिदानीबाट आएको लोकतन्त्रलाई आत्मसाथ गर्न नसक्दा अहिले राजनीतिक दलहरु प्रति वितृष्ण पैदा भएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज का केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी लगायतले बोल्दै लोकतन्त्रको रक्षाको लागि सबै सचेत हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा समाजका जिल्ला अध्यक्ष खिम प्रसाद भटट्राई(कृष्ण), उपाध्यक्ष कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित