तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

राईड शेयरिङ एप ‘इ ड्राईभ नेपाल’ बुटवल र भैरहवा शहरमा सुरु

बुटवल । राईड शेयरिङ एप ‘इ ड्राईभ नेपाल’ बुटवल र भैरहवा शहरमा सुरु भएको छ । इ ड्राईभ लुम्बिनी नेपाल प्रा.लिले पत्रकार सम्मेलन गर्दै सेवा सुरु भएको जानाकारी दिएको छ ।

प्रा.लिका अध्यक्ष राजकुमार गुप्ताले यात्रुहरुलाई सर्वसुलभ सेवा दिने उद्देश्यले बुटवल, भैरहवा, लुम्बिनी क्षेत्रमा राईड शेयरिङ एप इ ड्राईभ नेपाल सुरु गरिएको बताए ।

६ महिना अघि काठमाडौं उपत्यकामा सफलता पुर्वक राईड शेयरिङ सेवा उपलब्ध गराएकोमा बैशाख १ गते देखि बुटवल, भैरहवा क्षेत्रमा सेवा सुरु गरिने उनको भनाई छ ।

नेपालका प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने योजना अनुसार कम्पनीले बुटवल, भैरहवा क्षेत्रमा दोस्रो स्थानको रुपमा सेवा सुरु गरेको हो ।
नेपाली सफ्टवेयर ईन्जिनियरहरुले निर्माण गरेको एपबाट सेवा लिन चाहने ग्राहकहरुले सरकारले तोकेको न्युनत्तम भाडामै गन्तव्यमा जान सक्ने कम्पनीले जनाएको छ ।

विशेषगरी विद्युत्तिय सवारी साधनलाई लक्षित गरेर सेवा सुरु गरेको भएपनि पहिलो चरणमा पेट्रोलिय पद्धार्थ बाट चल्ने कार र बाईकहरु यसमा आबद्ध हुन सक्नेछन् । कम्पनीले राईड गराउन चाहनेहरुलाई निशुल्क दर्ता हुन समेत आव्हान गरेको छ ।

अध्यक्ष गुप्ताका अनुसार एक महिना सम्म निशुल्क राईडका लागि दर्ता गर्न सकिने र त्यसपछि न्युत्तम शुल्क दर्ताका लागि तोकिनेछ । इ ड्राईभ नेपालको एप गुगोल प्ले स्टोर अथवा एप स्टोर बाट सजिलै डाउनलोड गरेर प्रयोग सकिनेछ ।

यो एपको प्रयोग गरेर यात्रा गरेमा यात्रु तथा चालकहरुका लागि घाईते अवस्थामा ७० हजार र मृत्यु भएमा ७ लाख सम्मको विमा गरिएको कम्पनीको दावी छ ।

कम्पनीले पहिलो चरणमा कार र बाईकहरुलाई अबद्धता गराएपनि निकट भविष्यमा टेम्पोलाई पनि जोड्ने बताएको छ ।

अध्यक्ष गुप्ताले सवै यात्रुको सुरक्षाका लागि नेभिगेशन प्रणाली जडान गरिएको र यसबाट सवारी सधान कहाँ छ भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने बताए । सवारी साधनको सम्पुर्ण नियन्त्रण कम्पनी संग भएकोले सेवाग्राहीले ढुक्कका साथ सेवा प्राप्त गर्न सक्ने उनको भनाई छ ।

इ ड्राईभ नेपाल प्रा.लिका अध्यक्ष राजेश मास्केले इलेक्ट्रिक सेवाको उच्च प्रयोगका साथै ठुलो धनराशी विदेशिनबाट जोगाउन र बातावरण संरक्षण इ ड्राईभ नेपालको अभियान रहेको बताए । साथै उनंले क्रमश यो सेवालाई अन्य शहरहरुमा पनि विस्तार गर्ने बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित