बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

तिनाउका सबै जनप्रतिनिधि पोखरा भ्रमणमा

पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष, उपाध्याक्ष देखि सबै वडाका जनप्रतिनिधिहरु एकैपटक भ्रमणमा निस्केका छन् ।

उनीहरुको सामुहिक भ्रमणले पालिकासहित ६ वटै वडामा फागुन २७ र २८ गते जनप्रनिधिबाट हुने सिफारिसलगायतका काम नहुने भएका हुन् । गाउँपालिका तथा वडाका कार्यालयहरुले सोही अनुसार सेवाग्राहीलाई जानकारी गराइसकेका छन् ।

यी दुई दिन कुनै सार्वजनिक विदा वा विशेष दिन नभई यहाँका जनप्रतिनिधिहरु पोखरा यात्रामा हुने भएकाले कार्यालयहरु खुलेपनि जनप्रतिनिधिबाट हुने काम नहुने भएका हुन् ।

तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले विभिन्न १० वटा विषयवस्तुमा छलफल तथा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्नका लागि पोखराको होटल पौवामा २ दिनसम्म तालिम सञ्चालन हुने जनाए ।

तालिम तथा गोष्ठीको नाममा जनप्रतिनिधिहरुले सिङ्गो गाउँपालिकाकै सेवा प्रभावित हुनेगरी आयोजना गरिएको भन्दै आलोचना भएको छ । वार्षिक कार्यतालिकामै राखेर कर्मचारी र जनप्रतिनिधिलाई भनि १३ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

यस पटक जनप्रतिनिधिहरुको पोखरा यात्रामा भने साढे ५ लाख बजेट खर्च हुने उनले बताए । ‘गाउँपालिकामै बैठक तथा तालिम सञ्चालन गर्दा जनप्रतिनिधिहरुले समय दिन नसक्ने तथा व्यस्त हुने भएकाले त्यसमा ध्यान नजाने हुँदा पोखरा पुगेर कार्यक्रम आयोजना गर्नुपरेको हो ।’–उनले भने । जनप्रतिनिधिहरु शनिबार नै पोखरातर्फ लागेको र फागुन २९ गतेविहान पोखराबाट फर्किने बस्नेतले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित