तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

को हुन् ? प्रहरीको हतियार खोस्न खोज्ने देवदहका जनप्रतिनिधी ! (फोटो फिचर)

बुटवल । सोमबार रुपन्देहीको देवदहमा नगरपालिकामा केही जनप्रतिनिधीले उश्रृङखल हर्कत गरेका छन् ।

नगरपालिकाको निर्णय संग असहमत भएपछि तालाबन्दी गर्न पुगेका काँग्रेस राप्रपाका नेता कार्यकर्ताले प्रमुख प्रशासकीयको नेम प्लेट समेत तोडफोड गरेर फालेका छन् भने हुलहुज्जतमा काँचको टेबल समेत फुटेका छन् ।

उनीहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास समेत गरेका थिए ।

त्यसपछि भने त्यहाँ जनप्रतिनिधी र प्रहरी बीच केही समय तनाव उत्पन्न भयो । तालाबन्दी गर्न पुगेका जनप्रतिनिधीहरुले प्रहरी संगको मुकाविला पछि देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटालाई कार्यकक्षबाट जबरजस्ती बाहिर निकाली तालाबन्दी गरेका छन् ।

गत पुस १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वडाका वडाध्यक्ष मध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ५ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नट अफ डिसेन्ट लेखेका थिए ।

नगर प्रमुख, उपप्रमुखका नामका योजनामा अपारदर्शी तरिकाले सम्झौता गरी भुक्तानी गरिएको, नगर प्रमुखले आफ्नो कुल मन्दिरमा रकम विनियोजन गर्दा वडाको सहमति नलिएको, वडा नं ८ मा नदीजन्य पदार्थको अवैध चोरी तस्करी गर्ने ट्याक्टर, एक्साभेटरलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा राजश्व नलिई छाडिएको वडाध्यक्षहरुको भनाइ छ ।

त्यस्तै देवदहमा खेलकुद बिकास समितिको संयोजक तथा सदस्य छनोटको विषयमा असहमती जनाएका छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित