सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

दोस्रो मिष्टर उजिरसिंह शारीरिक सुगठन, प्रथम मेन फिजिक्स जिल्ला स्तरीय र प्रथम महिला फिजिक्स प्रदेश स्तरीय प्रतियोगिताको तयारी पूरा

बुटवल । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा हुन लागेको दोस्रो मिष्टर उजिरसिंह शारीरिक सुगठन, प्रथम मेन फिजिक्स रुपन्देही जिल्ला स्तरीय र प्रथम महिला फिजिक्स प्रदेश स्तरीय प्रतियोगिता-२०८० को सबै तयारी पूरा भएको छ ।

बुधबार जीतगढी किल्लामा पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १२ गते शनिबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको हो ।

शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका अध्यक्ष राजकुमार श्रेष्ठले बोल्दै कर्णेल उजिरसिंह र जितगढी किल्लाको सामरिक महत्वलाई थप उजागर गर्ने र खेललाई पर्यटन प्रवर्द्धनमा जोडने उद्देश्यले प्रतियोगिताको गर्न लागिएको बताए । यसपटक पहिलोपटक महिला खेलाडीहरु प्रोत्साहन गर्ने उद्देश्यले महिला फिजिक्स तथा पुरुष फिजिक्स विधा थप गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठले रुपन्देही जिल्लाले युवाहरुलाई खेलसँगै इतिहासको पनि जानकारी गराउनका लागि प्रतियोगिता गर्न लागिएको बताए । साथै मोफसलमा शारीरिक सुगठन खेल प्रवद्र्धनमा निकै महत्वपूर्ण योगदान पुराएको बताउँदै यसलाई पर्यटनसँग जोड्न प्रतियोतिताले केही हदसम्म भए पनि सहयोग गर्ने बताए । उनले बुटवल श्रीका विजेताहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता जितेको बताउँदै रुपन्देहीमा अर्को राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने तयारी समेत रहेको बताए ।

प्रतियोगिता ५ वटा वजन समूहमा हुने संघका सचिव आशिष श्रेष्ठले जानकारी दिऐ । उनले प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० भन्दा केजि भन्दा बढी तौल समूह गरि पाँच तौल समुहमा प्रतियोगिता हुने बताए । रुपन्देही जिल्लामा ३८ वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडी गरी जम्मा १० जना खेलाडीले प्रतियोगितामा भाग लिन पाउने श्रेष्ठले बताए । साथै महिला फिजिक्समा रुपन्देहीसहित नेपालगंज, दाङ र नवलपरासीबाट खेलाडीहरुको सहभागिता रहने उनले बताए ।

प्रतियोगितामा ओभर अलमा प्रथम हुनले नगद ५० हजार, मेडल र प्रमाण पत्र छन् । यस्तै बजन समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः ३ हजार, २ हजार, १ हजार पाउने छन् भने महिला फिजिक्स तर्फ क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने संघका उपाध्यक्ष मनोज अग्रवालले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि साढे ४ लाख खर्च हुने आयोजकको अनुमान रहेको छन् भने प्रवेश शुल्क २०० रहेको छ । प्रतियोगिता बुटवल उद्योग वाणिज्य संघको सभाहलमा हुने उपाध्यक्ष अग्रवालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित