तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सिके गुप्ताले श्रीमतीलाई घरबाट ‘निकाले’

लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री चन्द्रकेश (सीके) गुप्ताले श्रीमतीलाई घरबाट निकालेको भन्दै महिला आयोगमा उजुरी परेको छ ।

श्रीमती कान्तिकुमारी गुप्ताले श्रीमान सिके गुप्ताले हिंसा गरेको भन्दै बिहीबार राष्ट्रिय महिला आयोगमा उजुरी गरेकी हुन ।

सिके गुप्तार कान्ति कुमारी बीच २०७५ वैशाख १४ मा विहे भएको थियो । त्यो बेला कान्ति कुमारीका बुवा प्रेम चन्द्र गुप्ताले हेलिकोप्टर चार्टर्ड गरेर छोरी ज्वाइँलाई विदाई गरेका थिए ।

तर ५ बर्षमै उनै कान्तिकुमारीलाई सिकेले मानसिक तनाव दिएर घरबाट ‘निकालेको’ भन्दै आयोगमा उजुरी परेको हो । कान्तिकुमारीका बुवा प्रेम चन्द्र गुप्ताले अहिले आफूहरूका लागि ज्वाइँको घरको ढोका बन्द भएको बताए ।

प्रेमचन्द्रकी साहिली छोरी ३४ वर्षीया कान्तिकुमारीले अनलाइनमार्फत आयोगमा गरेको उजुरीमा लामो समय शारीरिक र मानसिक हिंसा सहनुपरेको उल्लेख छ । निरन्तरको हिंसा सहन नसकेर दुई सन्तानसहित अहिले माइतीमा बसिरहेको उनले बताइन ।

गत कात्तिक १४ गते बुबालाई साथमा लिएर लुम्बिनीस्थित पतिको घर गएको बताउँदै उनले भनिन, ‘घर पुग्नेबित्तिकै सासू र नन्दले हातपात गरे । घरबाहिर रहेका उहाँ (पति) लाई बुबाले फोन गर्दा तपाईंकी छोरीका लागि मेरो घरको ढोका बन्द भइसकेकाले डिभोर्स गर्ने बताउनुभयो ।’
बुबासित त्यसो भनेपछि तनावमा थपिएको उनले बताइन ।

बिहीबार आयोगमा पठाइएको निवेदनमा पालनपोषण र शिक्षादीक्षाको साटो कुटपिट र हिंसा गरिएको उल्लेख छ । निवेदनको अन्तिम निर्णय नभएसम्म आफ्नै घरमा बसोबास व्यवस्था, खाने–लाउने व्यवस्था, कुटपिट हिंसा नगर्ने, शिष्ट र सभ्य व्यवहारका साथै गाली र अपशब्द प्रयोग गर्न नपाइने आदेश गरेर बाँच्न पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री गुप्ताले कुनै पनि पारिवारिक समस्या नरहेको तर ‘म्याडम’ रिसाएर माइत गएको बताए । ‘हामी दुवै जनालाई अगाडि राखेर कुरा गर्नेबित्तिकै सत्य कुरा थाहा भइहाल्छ’ गुप्ताले भने, ‘मैले पैसा मागेको र दुःख दिएको गलत हो ।’
घरमा आमाबुबा भएकाले झगडा हुने क्रममा रिसाएर माइत गएको उनले दाबी गरे । रिसाएका बेला मुखबाट त्यस्ता कुरा निस्किएका हुन सक्ने उनको भनाइ छ । ‘मैले उहाँलाई छाडेको छैन,’ उनले भने, ‘यो सब कुरा झूट हो ।’ माइतबाट पत्नी र छोराछोरी ल्याउन शुक्रबार बिहान गाडी पठाएको उनले बताए ।
कान्तिपुरबाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित