कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

तस्विरमा हेर्नुहोस् – बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष कार्तिक १७ र १८ गते आज र भोली देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

६-६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिएको छ ।

यसपटक देशभर गरी करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिला बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार यसपटक राष्ट्रिय भिटामिन ‘ए’कार्यक्रममा, भिटामिन ‘ए’क्याप्सुल ४० लाख क्याप्सुल, जुकाको औषधि ३५ लाख ट्याब्लेट खपत हुने अनुमान छ ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका करीब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र करिब २९ लाखलाई जुकाको औषधी खुवाइने लक्ष्य राखिएको थापाले बताए ।

६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइनेछ ।

अघिल्लो वर्ष भिटामिन ‘ए’क्याप्सुल करिव ९० प्रतिशत र जुकाको औषधी करिव ८७ प्रतिशतले खाएका थिए ।

सुरुमा ८ वटा जिल्लाबाट यो कार्यक्रम सुरु गरिएको थियो । साथै जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालमा १३ वटा जिल्लाबाट सुरु भएको थियो ।

रुपन्देहीमा भिटामिन ए खाने बालवालिका ९४ हजार ८८ जना र जुकाको औषधी खाने बालवालिका ८३ हजार ७ सय ४७ जना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित