तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

तस्विरमा हेर्नुहोस् – बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष कार्तिक १७ र १८ गते आज र भोली देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

६-६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिएको छ ।

यसपटक देशभर गरी करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिला बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार यसपटक राष्ट्रिय भिटामिन ‘ए’कार्यक्रममा, भिटामिन ‘ए’क्याप्सुल ४० लाख क्याप्सुल, जुकाको औषधि ३५ लाख ट्याब्लेट खपत हुने अनुमान छ ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका करीब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र करिब २९ लाखलाई जुकाको औषधी खुवाइने लक्ष्य राखिएको थापाले बताए ।

६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइनेछ ।

अघिल्लो वर्ष भिटामिन ‘ए’क्याप्सुल करिव ९० प्रतिशत र जुकाको औषधी करिव ८७ प्रतिशतले खाएका थिए ।

सुरुमा ८ वटा जिल्लाबाट यो कार्यक्रम सुरु गरिएको थियो । साथै जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालमा १३ वटा जिल्लाबाट सुरु भएको थियो ।

रुपन्देहीमा भिटामिन ए खाने बालवालिका ९४ हजार ८८ जना र जुकाको औषधी खाने बालवालिका ८३ हजार ७ सय ४७ जना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित