३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रामग्राम स्तुप उत्खनन् गर्न जियोफिजिकल सर्भे सुरु

गौतमबुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीको रामग्राम स्तुपमा उत्खनन्का लागि भू–भौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे) सुरु भएको छ । बुधबारदेखि एक महिनासम्म स्तुपको उत्तर–पश्चिम क्षेत्रमा सर्भे तथा उत्खनन्को काम हुने पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भास्कर ज्ञवालीले बताए ।

रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनि स्थित सन् २०१८ मा गरिएको भू–भौतिक सर्वेक्षणका क्रममा रामग्राम स्तुप परिसरमा पोखरी र विहारको संरचना भेटिएकाले उक्त संरचनाको उत्खनन्का लागि काम सुरु गरिएको हो । बेलायतको दुरहाम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संलग्नतामा सर्वेक्षणको काम सुरु भएको छ ।

प्रविधिको प्रयोग गरी मानिसको एक्स–रे गरे जस्तै गरी जमिनको स्क्यान गरेर गरिने अध्ययनले जमिनमुनि रहेको संरचनाको बारेमा जानकारी प्राप्त हुन्छ, र सोहि अनुरुप संरचनाको अवस्था पत्ता लगाई उत्खनन् हुनेछ । ‘रामग्राममा विगत वर्षहरुमा पनि धेरै अध्ययन भएका थिए । यो पटक त्यसलाई थप पुष्टि गर्ने गरी विज्ञको टोलीले एक महिना काम गर्छ ।’–प्रमुख पुरातत्व अधिकृत ज्ञवालीले भने ।

विगतमा महत्वपूर्ण संरचना भेटिएकाले त्यसलाई थप उजागर गर्न अहिलेको अध्ययन महत्वपूर्ण हुने ज्ञवालीले बताए । दुरहाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघम नेतृत्वको १० जनाको विज्ञ टोलीले सर्वेक्षण र उत्खनन्को काम गर्ने छ । विगतमा देखिएका संरचनाको पूर्ण पहिचान गरी त्यसको सांस्कृतिक र एतिहासिक अवस्थाबारे उजागर गर्नु नै अहिलको सर्वेक्षणको प्रमुख उद्देश्य रहेको पुरातत्व विभागले जनाएको छ ।

रामग्राम स्तुप क्षेत्रमा सन् १९९९ देखि २००४ सम्म पुरातत्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा चार पटकसम्म उत्खनन् गरिएको थियो, त्यसबेला मौर्य र गुप्तकालीन सामग्रीहरू फेला परेका थिए । सन् २०१८ मा गरिएको सर्भेमा ठूलो बिहार, पोखरीलगायतका बुद्धकालीन सामग्रीहरू फेला परेपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउन काम सुरु भएको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले बताए ।

स्तुप क्षेत्रभित्र ईट्टा, माटाको भाडाकुडालगायतका सामाग्री जमिनको सतहमा पनि भेटिने गरेको छ, तर स्तुप क्षेत्र भित्रै खनजोत पनि हुने भएकाले पुरातात्विक महत्वका संरचना नष्ट हुने जोखिम पनि बढेको छ । बुधबारदेखि सुरु भएको सर्भेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल, वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र यादवलगायतको टोलीले निरीक्षण गरेको छ ।

नगर प्रमुख यादवले भविष्यमा विश्वसम्पदा सूचीमा सूचीकरणका लागि पनि अहिलेको अध्ययन महत्वपूर्ण हुने बताए । जमिनभित्रका संरचना उत्खनन् गरेपछि रामग्रामको महत्व थप बढ्ने बताउँदै उनले अब लुम्बिनी विकास कोषले तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् ।

विगतमा पनि धेरै अध्ययनका काम भएको तर यस पटक उत्खनन् गर्ने गरी सुरु भएको अध्ययन धेरै महत्वपूर्ण रहेको उनको भनाई छ । बुद्धकालिन क्षेत्रहरु लुम्बिनी विकास कोषअन्तर्गत रहेको रामग्राम स्तुपको संरक्षण र विकास हुन नसक्दा रामग्राम स्तुप क्षेत्र ओझेलमा पर्दै आएको छ । रामग्राम स्तुप शान्तिका अग्रदुत गौतम बुद्धको एक मात्र सिंगो अस्तुधातु रहेको स्थान हो । बुद्धको मावली पन्डितपुरमा पनि उत्खनन् र जग्गा अतिक्रमणको काम सुरु गरिने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित