तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

दशैँ मनाएर हामी आयौँ (फोटो फिचर)

बुटवल । दशैं मनाउन सर्वसाधारण आआफ्नो पूख्र्यौली गाउंघर तिर गएपछि सुनसान बनेको बुटवल बजारमा केही चहलपहल शुरु भएको छ ।

दशैंको बेला सुन्य जस्तै बनेको बुटवल बसपार्कमा आज यात्रुको संख्या देखिएको छ । सर्वसाधारण आआफ्नो गन्तव्यमा पुग्न आतुर गर्दै सवारी साधनको टिकट लिनमा व्यस्त थिए । बसपार्कका कर्मचारीहरु पनि यात्रुलाई टिकट वितरण गर्नमा व्यस्त देखिन्थे । अाज देखि सरकारी कार्यालय देखि सबै क्षेत्र का कार्यालय संचालनमा आउने भएपछि कार्यरत कर्मचारीहरु  कार्यक्ष्ँेत्रमा पुगीसक्ने हतारमा देखिन्थे । दशैं मान्न सर्वसाधारण एकैपटक घर फर्किदा यात्रुले खचाखच भरिने सवारी साधन अब केही दिन कार्यक्षेत्र फर्किदा पनि भरिने गर्दछन् ।

दशैं अगाडी ग्रामिण क्षेत्रमा जानेहरुको भिड देखिन्थ्यो भने अबका केही दिन ग्रामिण क्षेत्र तथा पहाडी जिल्लाबाट तराईका जिल्लामा आउनेहरुको भिड हुने गर्दछ । दशैंको बेला बन्द रहेका दशैमा टिका थाप्न बुटवल बाहिर गएका सर्वसाधारण फर्किन थालेपछि सवारीका साधनहरु पनि बढी गुड्न थालेका छन् ।

विशेष गरी यस  क्षेत्रका पहाडी जिल्लाहरु गुल्मी, अर्घाखांची, पाल्पा, प्यूठान, रोल्पा, दाङ, पर्वत, वाग्लुङ लगायतका जिल्लाहरुबाट सर्वसाधारण बुटवल आउने क्रम केही दिन जारी रहन्छ । यस्तै दशैंका कारण बन्द जस्तै रहेका बुटवल र आसपास क्षेत्रका पसलहरु पनि खुलेका छन् । ठूला व्यापारिक प्रतिष्ठान तथा लत्ताकपडा, कस्मेटिक भाडा पसल खासै नखुलेपनि दैनिक उपभोग्य वस्तुका पसल, चिया पसल तथा तरकारी र फलफुलका पसलहरु आजदेखि खुल्न थालेका छन्।

बजारका पसलहरु खुल्न थालेपछि सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ ।  पाँच दिन बुटवल पुरै सुनसान जस्तै बनेको थियो । बजार खुलेपछि सर्वसाधारण दैनिक उपभोग्य सामानको विक्री वितरण र किनमेलमा लाग्न थालेका छन् । सर्वसाधारणको चहलपहल बढेपछि तिन/चार दिनसम्म शुन्य रहेको व्यवसाय आजदेखि बढेको व्यवसायी नारायण गौतमले बताए।

दशैंका कारण केही दिन यतादेखि सुनसान रहेको बुटवलको नयां वसपार्क, अस्पताल लाईन, नेपालगञ्जरोड, पुरानो बसपार्क, वीपी चोक, ट्राफिकचोक, हाडबजार, गोलपार्क, राजमार्ग चौराहा, योगीकुटी लगायतका ठाउंहरुमा चहलपहल बढेको छ । तर दशैं र तिहारको लामो विदा भएका स्कुल क्याम्पसमा अध्ययन अध्यापन गराउने विद्यार्थी तथा शिक्षकहरु अझै नफर्किएका कारण पूरै चहलपहल भने बढ्न सकेको छैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित