रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

३० तस्वीरमा हेर्नुहास् – चाडपर्व मनाउँन गाउँ फर्कनेको बुटवल बसपार्कमा लर्को

बुटवल । विजया दशमी पर्व मनाउँन गाउँ जानेको लर्कोले यतिबेला बुटवलको बसपार्कमा भीड बढेको छ । फुलपाती लगत्तै गाउँ जानेहरुको भीड बसपार्कमा बढेको हो । रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेकाहरु यति बेला बेलहिया नाका हुँदै दशैं मनाउँन गाउँ जानेहरुले बसपार्कमा छुट्टै चहलपहल बढाएको छ ।

चाडपर्व मनाउँन घर जान हिडेकाहरुलाई आवश्यक सहयोग गर्न बुटवल बसपार्कमा यात्रु सहायता कक्ष बनाइएको छ । हेल्थ चेक अप पनि गरिएको छ । यात्रु सहयता कक्षमा टिकट नपाएको, एउटै टिकट दुई व्यक्तिका नाममा काटिएको, झोला साटिएको, हराएका गुनासो आएको प्रहरीले बताएको छ । बुटवलको बसर्पा हुँदै पुर्व मेची देखि पश्चिम महाकाली सम्म जानका लागि बस छुट्ने गर्दछन् ।

चाडपर्वको समयमा भने विशेषगरी साविक लुम्बिनीका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची क्षेत्रमा जानेहरुको भीड बढि छ । त्यस बाहेक प्युठान, स्यांजा, पोखरा, बाग्लुंग, दांग लगाएतका जिल्लामा जाने यात्रुहरुको पनि भिड बढेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टाफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण पक्षाइले यात्रुहरुले सहज रुपमा यात्राका लागि सहजिकरण गरिरहेको बताए ।

उनले सवारीमा क्षमता भन्दा बढि यात्रु राखेको पाइएमा कारबाही समेत गरिने र निगरानी पनि बढाइएको बताए । सुरक्षालाई ध्यानमा राखेर सडक सडकमा चेकजाँच पनि दैनिक भइरहेको उनको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित