
बुटवल । विजया दशमी पर्व मनाउँन गाउँ जानेको लर्कोले यतिबेला बुटवलको बसपार्कमा भीड बढेको छ । फुलपाती लगत्तै गाउँ जानेहरुको भीड बसपार्कमा बढेको हो । रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेकाहरु यति बेला बेलहिया नाका हुँदै दशैं मनाउँन गाउँ जानेहरुले बसपार्कमा छुट्टै चहलपहल बढाएको छ ।
चाडपर्व मनाउँन घर जान हिडेकाहरुलाई आवश्यक सहयोग गर्न बुटवल बसपार्कमा यात्रु सहायता कक्ष बनाइएको छ । हेल्थ चेक अप पनि गरिएको छ । यात्रु सहयता कक्षमा टिकट नपाएको, एउटै टिकट दुई व्यक्तिका नाममा काटिएको, झोला साटिएको, हराएका गुनासो आएको प्रहरीले बताएको छ । बुटवलको बसर्पा हुँदै पुर्व मेची देखि पश्चिम महाकाली सम्म जानका लागि बस छुट्ने गर्दछन् ।
चाडपर्वको समयमा भने विशेषगरी साविक लुम्बिनीका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची क्षेत्रमा जानेहरुको भीड बढि छ । त्यस बाहेक प्युठान, स्यांजा, पोखरा, बाग्लुंग, दांग लगाएतका जिल्लामा जाने यात्रुहरुको पनि भिड बढेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टाफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण पक्षाइले यात्रुहरुले सहज रुपमा यात्राका लागि सहजिकरण गरिरहेको बताए ।
उनले सवारीमा क्षमता भन्दा बढि यात्रु राखेको पाइएमा कारबाही समेत गरिने र निगरानी पनि बढाइएको बताए । सुरक्षालाई ध्यानमा राखेर सडक सडकमा चेकजाँच पनि दैनिक भइरहेको उनको भनाई छ ।