तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

ज्वाईँको भर परेर शुद्धोधन–४ का बृद्ध रेग्मी दम्पत्तीले घर पास गरिदिए, तर रकम पाएनन्

बुटवल । आफ्नै ज्वाईको भरमा जग्गा पास गरिदिएपछि यतिबेला रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर– ४ फर्साटिकर निवासी वृद्ध दम्पती रत्नखर र मनरूपा रेग्मीलाई चैन छैन् ।

२ बर्ष अगाडि आफ्नो जग्गा विक्रिका लागि ज्वाईले मान्छे ल्याए । चेक दिएकै भरमा रेग्मी दम्पत्तीले जग्गा पास गरिदिए । तर यतिका समय सम्म पनि बृद्ध दम्पत्तीले घर विक्रि बापतको रकम पाउन सकेका छैनन् ।

ऋण लागेर आपत परी बिक्री गरेको घरको ६४ लाख रूपैयाँ पैसा नपाएपछि वृद्ध दम्पती न्यायका लागि जहाँतही भौतारिरहेका छन् । पत्रकार सम्मेलन गरे । वडामा धाए । जिल्ला प्रहरी कार्यालयमा धाए तर पनि पैसा आउँने मेसो नै छैन् ।
१५ धुरमा बनेको एक तले घर बिक्री गरेर लागेको क्रृण तिर्ने र बाँकी रकम औषधी उपचारका लागि खर्च गर्ने योजना बनाएका बृद्ध रेग्मी दम्पत्ती अहिले पैसा हातमा नपरेपछि पीडामा छन् ।

कपिलवस्तुका खुम्बस गिरीलाई मनरुपा रेग्मीले आफ्ना माईला ज्वाइ राजेश लम्साललाई राखेर ०७८ मंसिर १५ गते मालपोत कार्यालयबाट घर पास गरिदिएकी थिईन । घर खरिदकर्ता गिरीले दिएका चेककै भरमा घर पास गरेकी मनरुपा अहिले त्यीनै चेक छोपेर न्यायको अपिल गरिरहेकी छिन् ।

मनरूपाले आफ्नो नाममा रहेको कित्ता नम्बर २३८६ को जग्गा तथा घर कुम्भसको नाममा रजिस्ट्रेसन पास गरिदिएकी हुन । मनरुपाको घर खरिद गर्ने व्यक्ति ल्याउने बुटवल १२ की माया सुवेदी हुन । माया सुवेदीले गिरीलाई घर खरिदका लागि ल्याईन । ज्वाई राजेशले सासु मनरुपाको घर खरिद गर्ने बातावरण मिलाएका हुन ।

जग्गा खरिदकर्ताले दिएका चेकहरु । तर साटिएनन्

मध्यस्तकर्ता बनेकी तामनगरकी माया सुवेदी

‘पैसाको खाँचो थियो, अप्ठ्यारो परेपछि ऋण लिएर खर्च चलाएका थियौं, ज्वाइँको विश्वासमा परेर राजीनामा पास गरिदिएँ, तर पैसा कहिल्यै आएन’ मनरुपाले भनिन् । ७२ वर्षका रत्नखर र ६५ वर्षकी मनरूपका ६ छोरीमध्ये ५ जनाको बिहे भइसकेको छ । कान्छी छोरी १७ वर्षीया आशा रेग्मीले बाआमाको स्याहार गर्छिन ।

घर पास गर्दा गिरीले सोही दिनको मितिमा १० लाख रूपैयाँको चेक काटेर दिए । सो चेक पनि नसाटिएको र त्यसबापतको ४ लाख रूपैयाँ नगद ल्याएर दिएको मनरूपाले बताइन ।

मनरुपा संग घर खरिदकर्ता गिरीले दिएका ३ वटा चेक छन् । २०७८ माघ १५ गतेको मितिका लागि २५ लाख रूपैयाँको दोस्रो चेक काटिएको थियो भने २०७८ चैत ३० गतेका लागि २८ लाख रूपैयाँको तेस्रो चेक काटिएको थियो । ती सबै चेकको रकम जोड्दा ६३ लाख हुन आउँछ । त्यसबाहेक एक लाख रूपैयाँ छुट्टै नगद दिएकाले ६४ लाख रूपैयाँको हिसाब निस्किन्छ ।

तर, घर खरिद बिक्री गर्दा ७० लाखमा कागज भएको देखिएको छ । बाँकी ६ लाख रूपैयाँ बिचौलियाले आफ्ना लागि छुट्ट्याएको पाइएको छ ।
घर किनबेचमा मुख्य भूमिका खेलेकी बिचौलिया माया सुवेदीले धोका दिँदा ससुरालीसँगको पारिवारिक सम्बन्ध समेत बिग्रिने अवस्थामा पुगेको ज्वाइँ राजेशले बताए ।

दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका खेलेकी मायाले कुम्बसले घर खरिद गरेर पैसा नतिरेकाले आफू तनावमा परेको बताइन ।

रेग्मी दम्पतीको जग्गा खरिद गर्ने खुम्बस अहिले फोन अफ गरेर सम्पर्कविहीन बनेका छन । उनी सम्पर्कमै आउन चाहेका छैनन् ।

रेग्मी दम्पतीकी कान्छी छोरी आशाले दलालले आफ्नो सम्पत्ति खाइदिएपछि पारिवारिक पीडासँगै आफ्नो अध्ययनलाई समेत अघि बढाउन नसकेको गुनासो गरिन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित