तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

विमानस्थल जग्गा व्यक्तिका नाममा गराउंदा मालपोत अधिकृतले अदालतको आदेशलाई आफु अनुकुल व्याख्या गरेको खुलासा

भैरहवाका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले अदालतको आदेशको आफू अनुकूल व्याख्या गरी भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएको खुलेको छ ।

अदालतले जग्गा दर्ताबारेमा जे जो बुझ्नु पर्ने हो बुझी आवश्यक निर्णय गर्नू गराउनू भनी आदेश दिएको थियो ।

प्रमुख मालपोत अधिकृत कुमार आचार्यले उच्च अदालत, तुलसीपुरको बुटबल इजलासले जग्गा दर्ता गर्न परमादेश दिएको भन्दै विमानस्थलभित्रको जग्गा व्यक्तिको नाममा दर्ता गरेको खुलेको हो ।

मालपोत कार्यालयका मालपोत अधिकृत कुमार आचार्यले अदालतले नै जग्गा दर्ता गर्नू भनी परमादेश दिएको र त्यसै अनुसार जग्गा दर्ता भएको प्रतिक्रिया दिए ।

उच्च अदालतले परमादेश दिइसकेको र त्यसभन्दा अघि जिल्ला अदालतमा जग्गाको विषयमा मिलापत्र भएको भन्दै उनले मिलापत्र हुंदा नै जग्गा दर्ताको कुरा उठेको, जे बुझ्नुपर्ने बुझी सबै अध्ययन गरेर मात्रै निर्णय भएको बताए ।

भैरहवाका पर्वतराजकान्त मिश्रले हाल भैरहवा विमानस्थलभित्र पर्ने जग्गामा आफ्नो हक लाग्ने भन्दै दर्ताका लागि भैरहवाको मालपोत कार्यालयमा निवेदन दिएका थिए ।

मालपोत कार्यालयले त्यसकारे कुनै निर्णय गरेको थिएन । निवेदनमाथि कुनै निर्णय नहुंदा आफूमाथि अन्याय भएको भन्दै उनी उच्च अदालत, रुपन्देहीको बुटबल इजलास गए । उच्च अदालतले १७ माघ २०७९ मा जे जो बुझुनुपर्ने हो बुझी आवश्यक निर्णय गर्नू गराउनू भनी आदेश दिएको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभाग सम्वद्ध स्रोतले सरसर्ती हेर्दा अदालतको आदेशको अपव्याख्या गरी निर्णय भएको देखिएको बताएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सम्बन्धित व्यक्तिबाट मुआब्जा माग भएपछि विमानस्थलको जग्गा व्यक्तिको नाममा दर्ता भएको थाह भए पश्चिात अहिले यस विषयमा सवै कागजात झिकाएर अनुसन्धान भइरहेको बताए ।

साथै मालपोत अधिकृतलाई पनि जग्गा दर्ता गर्नुपर्ने कारण सहित स्पष्टिकरण सोधिएको बताए । भूमि व्यवस्था विभागसम्वद्ध स्रोतका अनुसार प्रारिम्भक अध्ययनका क्रममा मालपोत कार्यालयले अदालतको फैसलाको अपव्याख्या गरेर जग्गा दर्ता गरेको देखिन्छ ।

त्यही कार्यालयले अदालतमा लिखित जवाफ पठाउंदा यो जग्गाको फिल्डबुकमा कसैको नाम छैन, छुट दर्ता गर्न सकिँदैन भनेर जवाफ लेखेको देखिएको स्रोतले बताएको छ ।

अदालतले छानबिन गरेर निर्णय गर्नु भनेपछि परमादेशका कारण जग्गा दर्ता गरिदिन बाध्य भयौं भनेर दावी गर्नु बदनियतपूर्ण काम भएको बताइएको छ ।

मालपोत कार्यालयका प्रमुख आचार्य भने १० कठ्ठाको हकमा मात्रै आफूले निर्णय गरेको भन्दै अरु जग्गाबारे आफू आउनुभन्दा अघि नै निर्णय भएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित