दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

भैरहवा विमानस्थल जग्गा प्रकरणः मालपोत प्रमुखसँग लिखित जवाफ माग, मुअव्जा दिन रोक

बुटवल । रुपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य बाहिरिए संगै जग्गा दर्ता गर्ने व्यक्तिले मुअव्जा नपाउने भएका छन् ।

भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता भएको तथ्य गत साता मात्र बाहिरिएको थियो ।

भारतको गोरखपुरमा बस्दै आएका मिश्रलाई प्रयोग गरेर भुमाफियाहरुले हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिर भएको जग्गा मिश्रको नाममा दर्ता गराएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय, विमानस्थलको कार्यालय सवैले यस बारे चासो राखेका थिए ।
मिश्रलाई भुमाफियाहरुले प्रयोग गरेर हदबन्दी भन्दै विमानस्थल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता गराए पनि सोमबार बसेको विमानस्थलको मुआब्जा निर्धारण समितिले मुअव्जा बापतको रकम नदिने निर्णय गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसहित विभिन्न स्थानमा रहेको ४ बिगाहा १६ कठा ७ धुर जग्गा व्यक्तिको नाममा दर्ता भएपनि समितिको बैठकले मुआब्जा नदिने निर्णय गरेको बताए ।

साथै समितिको बैठकले मालपोत कार्यालयका प्रमुख आचार्यसँग लिखित जवाफ समेत माग गरेको छ । विमानस्थलको जग्गा व्यक्तिको नाममा लालपुर्जा बनाउनुपर्ने १० आधारको लिखित जवाफ माग गरेको उनले बताए ।

‘बैठक बसेपछि विमानस्थल आयोजनाको लागि जग्गा प्राप्ती ऐनको दफा १३ बमोजिम गठित समितिको बैठकले तत्काल मुआव्जाको सवै निर्णय रोकेर छानविन गर्ने निर्णय गरेको छ ।

छानविन यस बारे थप प्रमाण र पुष्टि हुँदै जानेछ’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।
त्यस्तै बैठकले विमानस्थलको जग्गा सम्बन्धी सवै निर्णय र प्रक्रियाका फाईलहरु समेत अध्यायन गर्ने निर्णय गरेको छ ।

बैठकमा मालपोत कार्यालयमा अधिकृत ऋषिराम पौडेल, सिनपाका प्रमुख कार्यकारी अधिकृत नवराज पौडेल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारी सहभागी थिए ।

यसरी बनाइएको थियो व्यक्तिका नाममा जग्गा
पुराना तथ्य र प्रमाणपले पनि उक्त जमिन व्यक्तिको भएपनि हदबन्दीका कारण कालि मन्दीरलाई दिइएको विभिन्न अभिलेख बाट देखिन्छ ।
सिद्धार्थनगर–१० निवासी निसन्तान सुर्जा मिश्राइनको २०२२ सालमा ३० विघा १४ कठ्ठा १४ धुर जमिन थियो ।

२०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि तत्कालिन समयमा ७ नम्बर फाटवारीमा सुर्जा मिश्राईनले ३० बिगाह १४ कठ्ठा १४ धुर जग्गाको फाटवारी भरेको देखिन्छ ।

यही फाटवारीको अन्तिम महलमा हदबन्दी भन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिगाह जग्गा कालिजी (भगवान) लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ ।

३० बिगाहमध्ये १३ बिगाह १३ कठ्ठा ८ धुर मोहीमा परेको छ । त्यसमध्ये १० बिगाह ६ कठ्ठा १९ धुर पर्वतराज कान्त मिश्राको नाममा गएको देखिन्छ । त्यसमध्ये ६ बिगाह १ कठ्ठा ६ धुर जग्गा फिल्डबुकमा खाली रहेको छ ।

फिल्डबुकमा कसैको पनि नाम उल्लेख नभएको उक्त जग्गामध्ये ४ बिगाह १७ कठ्ठा ६ धुर जग्गालाई मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र नायब शुब्बा अजित साहनीले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्राको नाममा दर्ता गराएका हुन ।

२०२५ माघ १८ गते मिश्राइनको मृत्यु भयो । त्यसपछि जग्गा कसले अपुताली खाने भनि विवाद भयो । त्यहि ०६४ सालमा उच्च अदालतको नजिकका नाता पर्ने रमाकान्त मिश्रको नाममा जमिन दर्ता गर्ने निर्णय ग¥र्यो ।

तर, त्यसबेला साविक भुजौली नक्सा सिट नम्बर ९ (ख) का कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२, ९४ को जमिन काली मन्दिरलाई छाड्ने निर्णय गरेको देखिन्छ । मालपोतले निर्णय गरे पनि जमिन नाममा नजाँदै रमाकान्तको २०६४ मंसिर २२ मा मृत्यु भयो ।

उनको मृत्युपछि नजिकको हक खाने नाती पर्वतराज कान्त मिश्रको नाममा भुजौली ९ (क) र (ख) का गरी २४ वटा कित्ताका हदबन्दीभित्र पर्ने १० विघा ६ कठ्ठा १९ धुर जमिन नाममा दर्ता भयो । मिश्राइनका ३० विघा १४ कठ्ठा १४ धुर जमिन मध्ये १३ विघा १३ कठ्ठा ८ धुर जमिनमा मोही कायम भएको र काली मन्दिरलाई ६ विघा जमिन दिए पछि बाँकी रहेको जमिन मिश्रको नाममा दर्ता गरिएको थियो ।

आफ्नो नाममा आए जमिन मिश्रले विभिन्न मितिमा विक्री गर्दै गएको देखिन्छ । विक्री गरेर बाँकी रहेको १ विघा १ कठ्ठा जमिन पनि विमानस्थल बन्दा अधिग्रहणमा परेपछि उनले मुआब्जा लिएका थिए ।

अचम्म के छ भने हदबन्दी भन्दै तत्कालीन समयमा जग्गा धनीले नै मन्दिरलाई दिएको जमिन अहिले व्यक्तिको नाममा गराउँदा साटफेर गरेर दर्ता गरिएको छ । भुजौली नक्सा सिट ९ (ख) को २९ नम्बर कित्ताको जमिन मिश्रको नाममा गराउँदा मालपोतले भुजौली नक्सा सिट ९(क) भनेर दर्ता गरिदिएको छ ।

यसले पनि मिलोमतोको पुष्टि गर्ने दावी आयोजनाको छ । जवकी नक्सा सिट ९(क) को जमिन २०७५ सालमै अधिग्रहणपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता भइसकेको छ ।

भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा मिश्रको नाममा दर्ता गरिएको जमिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र पर्खालभित्र पर्छ ।

अहिले पनि जीर्ण अवस्थामा विमानस्थल भित्र काली मन्दिरको संरचना छ । त्यो जग्गा नभत्काइ यत्तिकै छाडिएको छ ।

अहिले आएर हदबन्दी भनेर मन्दिरलाई छाडेको जमिन मिलोमतोमा मिश्रको नाममा गरेर मुआव्जा बापतको करोडौ रुपैयाँ हत्याउन भुमाफियाले मिश्रलाई प्रयोग गरेका हुन । यदि दावी गरिएको जग्गाबाट मिश्रले मुआब्जा पाए करिब ९ करोड रुपैयाँ पाउँछन । यही ९ करोड हत्याउन मालपोतदेखि भूमाफियासम्म सक्रिए भएको देखिन्छ ।

हदबन्दीमा परेको यो जग्गा फिल्डबुकमा भए पनि कसैको नाममा दर्ता थिएन । तर भूमाफियाको योजनामा मिश्र परिवार अदालतमा गएपछि उच्च अदालतको आदेशमा मालपोत कार्यालयले मिश्रका नाममा जग्गा दर्ता गरिदिएको हो ।

त्यसपछि मिश्र परिबार मुआव्जाको दावी गर्दै विमानस्थल आयोजनाको कार्यालयमा पुगेका थिए । उनीहरुले मुआव्जाको निवेदन दिए संगै यो घटना बाहिर आएको हो ।

फिल्डबुकमा कसैको नाममा दर्ता नभएको र ५८ वर्षअघि हदबन्दीमा परेको जग्गामा अहिले व्यक्तिको नाममा दर्ता भएको हो । रुपन्देहीका मालपोत अधिकृत कुमार आचार्यले जिल्ला अदालतले ०७८ मै मिलापत्र गरेर जग्गा दर्ता गर्न भने पनि आफुहरुले नगरेको पछि उच्च निर्णय कार्यान्वयन गर्न भनी फैसला गरेपछि आफुहरुले दर्ता गरिदिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित