मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

  भैरहवा भन्सार बाट राजश्व असुल कम

बुटवल । नेपालमा तीज सकिएको छ भने सबैभन्दा ठूलो पर्व दसैं र तिहार नजिकै आइरहेको छ ।

नेपालमा पर्ने यी चाडलाई लक्षित गरी साउन र भदौ महिनामा सबैभन्दा बढी आयात हुने गरेको थियो । तर चालु आर्थिक वर्षमा गत वर्षभन्दा पनि कम राजस्व असुल हुने देखिएको छ ।

गत आवको साउन र भदौ महिनामा भैरहवा भन्सार कार्यालय हुंदै १० अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको थियो । यसबाट भन्सार कार्यालयले छ अर्ब ४९ करोड राजस्व असुली गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले जानकारी दिए ।

यस्तै चालु आवको सोही अवधिमा ११ अर्ब २५ करोडको वस्तुहरू आयात भएको छ । तर राजस्व भने पांच अर्ब ९९ करोड मात्र असुली भएको छ ।

राजस्व असुलीको आधारमा हेर्दा चाड पर्व लक्षित गरी भैरहवा भन्सार कार्यालयबाट सबैभन्दा बढी मोटरसाइकल आयात हुने गरेको छ ।

गत वर्षको दुई महिनामा २५ हजार आठ सय ३३ वटा मोटरसाइकल आयात भएकोमा चालु आवको सोही अवधिमा १७ हजार चार सय ६३ वटा मोटरसाइकल आयात भएको छ । यस्तै गत वर्षको साउन र भदौ महिनामै ९५ करोड ८२ लाखको ग्लेज टाइल आयात भएकोमा यसवर्ष सोही अवधिमा ७१ करोड ८२ लाखको मात्र आयात भएको छ ।

गत वर्ष सुरुको दुई महिनामा एक अर्ब ११ करोडको पेट्रोल आयात भएको थियो । यस वर्ष दुई महिनामा एक अर्ब एक करोडको पेट्रोल आयात भएको छ ।
आव २०७८÷७९ को सुरुको दुई महिनामा १७ करोड ८४ लाखको जीप कार र भ्यान, २५ करोड ४८ लाखको पिकअप तथा डेलिभरी भ्यान, एक अर्ब ७० करोडको एमएस बिलेट, रु ७० करोड ५७ लाखको मार्बल स्ल्याव, २८ करोड ७६ लाखको सुपारी आयात भएको थियो ।

सोही अवधिमा एक अर्ब ७३ करोडको एलपी ग्यास र एक अर्ब ४७ करोडको मोबाइल पनि आयात भएको सूचना अधिकारी भट्टराईले जानकारी दिए ।
आयात गत वर्षको तुलनामा खुम्चिए पनि भैरहवा भन्सार हुंदै हुने निर्यात केही मात्रामा बढेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी भट्टराईका अनुसार गत आवको पहिलो दुई महिनामा भैरहवा भन्सार हुंदै ८३ करोड ३२ लाख बराबरको विभिन्न वस्तु निर्यात भएकोमा चालु आवको दुई महिनामा एक अर्ब ५७ करोड बढीको निर्यात भएको छ ।

भैरहवाबाट सबैभन्दा बढी निर्यात हुनेमा सिन्थेटिक यार्न रहेको छ । यस्तै यहांबाट पिनाल काँच, डण्डी, जडीबुटी, वनस्पति उत्पादन, स्टिलका भांडा, दालचिनी, अदुवा, सुठो, चोकर, भुस, सिमेन्ट, क्लिकंर लगायत रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित