मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

जजिरा एयरवेजले ७ महिनापछि कुवेत-भैरहवा उडान पुन: थाल्दै, नोभेम्बरबाट साताको ३ दिन उडान

कुवेतको लो कस्ट एयरलाइन्स जजिरा एयरवेजले सात महिनापछि नेपालमा पुनः व्‍यवसायिक उडान सुरु गर्ने भएको छ। कम्पनीले विन्टर सेड्युलअन्तर्गत आउँदो नोभेम्बरबाट साताको तीनवटा उडान गर्ने तालिका प्राप्त गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हंसराज पाण्डेले बताए।

वैदेशिक रोजगारीमा रहेकाहरु चाडबाडको बिदामा आउजाउ गर्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले पुनः आफ्नो व्यवसायिक उडान सुरु गर्न लागेको हो। विमानस्थल प्रमुख पाण्डेका अनुसार जजिराले हालका लागि नोभेम्बर-मार्चसम्मको उडान तालिका पाएको छ।

यो समयमा मौसमी प्रतिकूलता बाहेकको समयमा उडान प्रभावित नहुने उनले बताए। ‘अहिले विमानस्थलमा पर्फर्मेन्स बेस नेभिगेसन प्रणालीअन्तर्गत रिक्वायर्ड नेभिगेसन प्रणाली लागू भइसकेको छ। यो अन्तर्राष्ट्रिय प्रविधिमार्फत उडान-अवतरण सहज हुने देखिएको छ‚’ प्रमुख पाण्डेले भने,’तर यहाँको मौसम ठप्पै प्रभावित भएको अवस्थामा मात्र अन्तर्राष्ट्रिय उडान अवतरण हुन नसक्ने हो।’

उनका अनुसार उक्त कम्पनीले साताको सोमबार, बुधबार र शुक्रबार नियमित उडान गर्नेछ। हाल यो कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साताको सात उडान गर्दै आएको छ। कम्पनीको नेपालका लागि आधिकारिक टिकट बिक्रेता कम्पनी (जीएसए) सोसाइटी इन्टरनेशनल छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित