दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

अक्टोवर २० देखि जजिराले पुनः भैरहवाबाट उडान थाल्ने

बुटवल । कुबेतको जजिरा एयरवेजले भैरहवाबाट फेरी उडान थाल्ने तयारी गरेको छ ।

पटक– पटक उडान स्थगित गर्दै आएको जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अक्टोवर ३० देखि उडान थाल्ने तयारी गरेको छ ।

विन्टर सिजनमा फेरी उडानलाई निरन्तरता दिने भनेर जजिराले नागरिक उड्यन प्राधिकरणमा स्वीकृतको लागि पठाएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धन हंसराज पाण्डेले बताए ।

समर सेडुलमा उडान स्थगन गरेको जजिराले विन्टर सिजनमा फेरि निरन्तरता दिने भनेर स्वीकृतको लागि पठाएको आफुलाई जानाकारी भएको बताए ।

उडानको समर सेडुल अक्टोवरमा सकिन्छ । अक्टोवर ३१ देखि ६ महिना विन्टरको तालिका हुन्छ ।

विन्टरको सेड्युलको लागि जजिराले स्वीकृती मागेको हो । १५ महिना अघि गौतमबुद्ध विमानस्थल उद्घाटन भएसंगै जजिराले उडान सुरु गरेको हो । विभिन्न कारण देखाउंदै विचमा २ पटक उडान स्थगित गरेको छ ।

पछिल्लो पटक व्यवसायीक कारण देखाउंदै जेठबाट उडान रोकेको छ । यसअघि जजिराले प्रत्येक हप्ता सोमबार, बुधबार र शुक्रबार कुबेत भैरहवा उडान गर्दै आएको थियो । अब पनि सोहि तालिकामा उडान गर्ने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित