मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनी आएका पर्यटक तिलौराकोट किन पुग्दैनन ?

बुद्ध जन्म स्थान लुम्बिनी आउने पर्यटक मध्ये १० प्रतिशत पनि तिलौराकोट नपुग्ने गरेको पाइएको छ ।

सन् २०२२ को सुरुवातदेखि २०२३ को जुलाइसम्म स्वदेशी र विदेशी गरि कुल १२ लाख १० हजार ७० पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन । यही अवधिमा तिलौराकोट पुग्नेको संख्या १ लाख ४ हजार मात्र छ ।

यो तथ्यांकलाई आधार मान्दा लुम्बिनीमा आएको पर्यटक मध्ये साढे ८ प्रतिसत मात्र तिलौराकोट जाने गरेको देखिन्छ । कपिलबस्तुको तिलौराकोट गौतमबुद्धले २९ वर्ष विताएको ठाउं हो ।

जुन बुद्ध जन्मस्थल लुम्बिनीबाट २४ किलोमिटरको दुरीमा छ । गौतम बुद्ध रुपन्देहीको लुम्बिनीमा जन्मीएपछि उनको बाल्यकाल र युवा अवस्थाको केही समय तिलौराकोटमै वित्यो । तिलौराकोट गौतमबुद्धका पिता राज शुद्धोधनको राजदरबार भएको ठाउं हो । देशका विभिन्न भागबाट आएका आन्तरिक पर्यटकहरु धेरै जसो लुम्बिनी मात्र भ्रमण गर्ने गर्दछन ।

तिलौराकोटको बारेमा उनीहरु खासै ध्यान दिंदैनन । भारतले कपिलबस्तु नेपालको भनेर स्वीकार गरेको छैन । उसले बुद्धको क्रिडास्थल आफ्नै भूमि भएको दाबी गर्दै आएको छ। जस कारण लुम्बिनी आएका भारतीयहरु तुलनात्मक रुपमा निकै कम नै तिलौराकोट पुग्ने गरेका छन ।

तर राहदानी बाहक तेस्रो मुलुकका पर्यटक भने केही बढी लुम्बिनीसंगै तिलौराकोट जाने गरेको देखिएको छ । विशेष गरि थाइल्याण्ड, म्यानमार, श्रीलंकाबाट आएका पर्यटक तिलौराकोट पुग्ने गरेका छन ।

हाल कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने प्रक्रिया अगाडी बढाइएको छ । २०२४ मा हुने विश्व सम्पदा समितिको बैठकमा सुचिकृतको लागि पेश गर्ने तयारी गरिएको छ ।

कपिलवस्तुमा पर्यटक बढाउने मुख्य आधार विश्व सम्पदाको सूचीमा सुचिकृत नै भएको लुम्बिनी विकास कोषका तिलौराकोट प्रमुख माधव आचार्यले बताए। अहिलेको अवस्थामा भने पर्यटकहरुलाई आकिर्षत गर्न तिलौराकोटमा पर्यटकीय पूर्वाधार पनि आवश्यक छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने आचार्यको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित