दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

श्रीकृष्ण जन्माष्टमीको पूर्व सन्ध्यामा विद्यार्थी बने राधा र श्रीकृष्ण (तस्वीरहरु)

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा तिलोत्तमा वडा नं. ३ स्थित बुटवल पब्लिक स्कुलले राधा र श्रीकृष्णको ¥याली निकालेको छ ।

विद्यालयबाट सुरु भएको ¥याली शान्ती चोक परिक्रमा गरी विद्यालयमै आएर सकिएको थियो । त्यस अघि विद्यार्थीहरुलाई तिलोत्तमा गौशालाका गुरु रन्तीदेव दाशले श्रीकृष्णको जन्म लिला बारे बताएका थिए ।

सो अवसरमा बोल्दै स्कुलका प्राचार्य हेमलाल शर्मा भुसालले विद्यार्थीहरुमा पर्वको ज्ञान प्रदान गर्न स्वय विद्यार्थीहरुलाई राधा र श्रीकृष्णको भेषमा ¥यालीको आयोजना गरेको बताए । अहिले धेरै नेपाली पर्वबारे विद्यार्थीहरु जानाकार नभएको भन्दै यस्ता कार्यक्रमले पर्वको महत्व, सांस्कृतिक र धार्मिक महत्व बारे विद्यार्थीलाई ज्ञान प्राप्त हुने उनले बताए ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा बुधबार दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदैछ । त्यसैको पुर्व सन्ध्यामा गरिएको ¥यालीमा विद्यार्थीहरुले श्रीकृष्णको लिला प्रस्तुत गरेका थिए ।
त्यस्तै श्रीकृष्ण र राधा बनेर मुरली बजाउंदै नाचगान गरेका थिए ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान विष्णुको आठौं अवतारका रुपमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप यो पर्व मनाउने गरिन्छ ।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पांच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवत गीता हो । उक्त कार्यक्रम स्कुलका सह प्राचार्य आर.सी पौडेलले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित