निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बि.बी. पौड्यालको नयाँ तीज भाका ‘मायाको नजरमा..’ (भिडियाे सहित)

बुटवल । कालकार बि.बि. पौड्यालले हरितालिका तीज २०८० लाई लक्षित गरी नयाँ भाका बजारमा ल्याएका छन् ।

आफ्नै शब्द तथा स्वर रहेको नयाँ भाका ‘मायाको नजरमा’ बोलको गीतलाई एक कार्यक्रमका बीच बुटवलमा सार्वजनिक गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको कार्यसमिति सदस्य समेत रहेका उनले महिलाहरुलाई नाच्न तथा सुन्न मिल्ने दुबैका लागि उपयुक्त हुने गरी नयाँ भाका ल्याएको उल्लेख गरे ।

गायीका सुनिता बुढाले स्वरमा साथ दिएको उक्त गीतका लागि युवराज आचार्यको लय रहको छ भने गीतको म्युजिक भिडियो छायाङ्कन, निर्देशन तथा सम्पादन मनिष पन्थले गरेका छन् ।

युवराज आचार्यको यूटुव च्यानमा सार्वजनिक गरिएको म्युजिक भिडियोमा कलाकार लोकेन्द्र शाहले नृत्य निर्देशन गरेका हुन् । विभिन्न कलाकारसहित चिजा गुरुङले अभिनयसँगै म्युजिक भिडियोमा डेब्यू गरेकी छन् ।

गत वर्ष ‘विहेको निम्ता दिएको’ बोलको पञ्चे बाजा बजारमा ल्याएका गायक पौड्यालले त्यसअघि ‘गैरी कुना खेत’ बोलको गीत समेत बाजारमा ल्याइसकेका छन् । यो वर्षको तीज लक्षित नयाँ गीतका म्युजिक भिडियोहरु बुटवल आसपासका रहेका छन् भने स्थानीय र नयाँ कलाकारलाई समेत अवसर प्रदान गरिएको हुँदा दर्शक श्रोताको राम्रो साथ पाउने अपेक्षा गायक बि.बि. पौड्यालले गरेका छन् ।

बुटवलमा एक औपारिक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतमा टिप्पणी गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष विमलराज भट्टराईले नयाँ पुस्ता र यथार्थतालाई पस्किनेगरी गीत आएको हुँदा दर्शक श्रोताले राम्रै साथ दिने विश्वास व्यक्त गरे ।

सफलताको शुभकामना व्यक्त गर्दै उनले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजमा धेरै दर्शक र श्रोतालाई गीतले नचाउन सक्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित