आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

बि.बी. पौड्यालको नयाँ तीज भाका ‘मायाको नजरमा..’ (भिडियाे सहित)

बुटवल । कालकार बि.बि. पौड्यालले हरितालिका तीज २०८० लाई लक्षित गरी नयाँ भाका बजारमा ल्याएका छन् ।

आफ्नै शब्द तथा स्वर रहेको नयाँ भाका ‘मायाको नजरमा’ बोलको गीतलाई एक कार्यक्रमका बीच बुटवलमा सार्वजनिक गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको कार्यसमिति सदस्य समेत रहेका उनले महिलाहरुलाई नाच्न तथा सुन्न मिल्ने दुबैका लागि उपयुक्त हुने गरी नयाँ भाका ल्याएको उल्लेख गरे ।

गायीका सुनिता बुढाले स्वरमा साथ दिएको उक्त गीतका लागि युवराज आचार्यको लय रहको छ भने गीतको म्युजिक भिडियो छायाङ्कन, निर्देशन तथा सम्पादन मनिष पन्थले गरेका छन् ।

युवराज आचार्यको यूटुव च्यानमा सार्वजनिक गरिएको म्युजिक भिडियोमा कलाकार लोकेन्द्र शाहले नृत्य निर्देशन गरेका हुन् । विभिन्न कलाकारसहित चिजा गुरुङले अभिनयसँगै म्युजिक भिडियोमा डेब्यू गरेकी छन् ।

गत वर्ष ‘विहेको निम्ता दिएको’ बोलको पञ्चे बाजा बजारमा ल्याएका गायक पौड्यालले त्यसअघि ‘गैरी कुना खेत’ बोलको गीत समेत बाजारमा ल्याइसकेका छन् । यो वर्षको तीज लक्षित नयाँ गीतका म्युजिक भिडियोहरु बुटवल आसपासका रहेका छन् भने स्थानीय र नयाँ कलाकारलाई समेत अवसर प्रदान गरिएको हुँदा दर्शक श्रोताको राम्रो साथ पाउने अपेक्षा गायक बि.बि. पौड्यालले गरेका छन् ।

बुटवलमा एक औपारिक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतमा टिप्पणी गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष विमलराज भट्टराईले नयाँ पुस्ता र यथार्थतालाई पस्किनेगरी गीत आएको हुँदा दर्शक श्रोताले राम्रै साथ दिने विश्वास व्यक्त गरे ।

सफलताको शुभकामना व्यक्त गर्दै उनले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजमा धेरै दर्शक र श्रोतालाई गीतले नचाउन सक्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित