रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

भैरहवाबाट काठमाण्डौ ट्रान्जिट भएर हङकङ र दिल्ली जाने यात्रु नेपाल एयरलाइन्सले पहिलो दिन पाएन

बुटवल । आज देखि नेपाल एयरलाइन्सले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ ट्रान्जिट भएर हङकङ र दिल्ली उडान सुरु गरेको छ ।

उडानको पहिलो दिन भैरहवाबाट नेपाल एयरलाइन्सले कुनै पनि यात्रु भने दुवै देश लैजान सकेन । नेपाल एयरलाइन्सले ट्रान्जिट उडानको लागि सोमबारबाट मात्रै बुकिङ खुल्ला गरेको थियो । मंगलबारको पहिलो उडानमा कुनै पनि यात्रुले टिकट नकाटेको नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सका गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले आज ट्रान्जिट भएर जाने यात्रु नभएको बताए ।

‘हिजो बाट मात्र बुकिङ खुल्ला भयो । तर टिकट काट्ने यात्रु हुनु भएन् । स्टमले समेत केही समस्यामा पारेको छ । अहिले पनि स्टम खुलेको छैन् । अर्को हप्ता देखि यात्रु आउँनुहुन्छ भन्ने आशा गरेका छौ’ उनले भने ।

उनले छोटो समय मात्र टिकट बुकिङ खुल्ला भएको र प्रचारप्रसार पनि कम हुँदा यात्रु नआएको हुन सक्ने बताए ।

‘चासो धेरैले देखाउनुभएको छ । यसबाट हामी उत्साहित छौ । यात्रुले सहजताका साथ सेवा पाउनुहुन्छ भन्ने विश्वास पनि दिलाउँन चाहन्छौ’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित