मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलमा नेवारी चलचित्र ‘गालय वन’ को च्यारिटी शो गरिँदै

नेपालभाषाको चलचित्र विकास र प्रचार गर्ने तथा बुटवलको नेवाः घर परिषरमा सामाजिक संस्कार भवन निर्माणको सहयोगार्थ बुटवलमा नेपाल भाषाको चलचित्र ‘गालय् वन’को च्यारिटी शो गरिने भएको छ । नेवा सेवा समितिको संयोजनमा नेवारी भाषाको चलचित्र ‘गालय् वन’ को च्यारिटी शो प्रदर्शन गरिन लागेको हो ।

नेपालभाषा क्षेत्र र बजारलाई विस्तार गर्दै चलचित्रकर्मीहरुलाई हौसला दिन तथा बुटवलमा सामाजिक संस्कार भवनको विस्तारको सहयोगार्थ च्यारिटी शो गरिने नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए । नेपालभाषामा काम सबै अभियन्ताहरुलाई एकठाँउमा ल्याएर नेपाल भाषाको प्रचार गर्न च्यारिटी शोले टेवा पुग्ने उनले बताए ।

आउँदो भाद्र ९ गते बुटवलका क्युएफएक्स बाहेकका द्वारिका सिनेमा, क्यु बक्स सिनेमा र भ्यु सिनेमा तीन वटै हलमा च्यारिटी शो प्रदर्शनको तयारी गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले सहयोग राशी ५०० रुपैयाँ राखिएको शोको टिकट बुटवल र यस आसपासका बिभिन्न स्थानबाट प्राप्त गर्न सकिने गरि ब्यवस्था मिलाईने जनाए ।

सत्य घटनामा आधारित नेवारी चलचित्र ‘गालय् वन’ मा नेवार समुदाय भित्रको संस्कारगत बिकृतिको बिरोध गरिनुका साथै नेवारी कला र संस्कृतिको जीवन्त प्रदर्शन गरिएको छ । ५० वर्ष भन्दा पुरानो नेवारी सभ्यता र त्यसबेला महिलालाई समाजले हेर्ने दृष्टीकोणलाई चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक संयुक्त स्थापितले बताए । उनले सभ्यता, मनोरन्जन, सन्देश र कलाको समिश्रणकारुपमा चलचित्र निर्माण भएको दाबी गरे ।

प्रदर्शन गर्न लागिएको चलचित्र ‘गालय् वन’मा शोभा महर्जन, किरण जोशी, कमल प्रसाद भट्ट, मञ्जु श्रेष्ठ, विज्ञान पक्का (चक्लेट), अजय दुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ, नानी मैयाँ प्रजापति, राजेश गोसाई लगायतको मुख्य भूमिका रहेको छ । संयुक्त स्थापितले निर्देशन गरेको चलचित्रको छायाङ्कन र दृश्य सम्पादन बालकुमार मगरले गरेका छन् भने कथा, पटकथा र संवाद विज्ञान पक्का (चक्लेट) को रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित