मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

टाइगर प्यालेस अब नयाँ व्यवस्थापनमा (तस्विरहरु)

रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्ट अब नयाँ व्यवस्थापनमा सञ्चालन हुने भएको छ ।

सिल्भर हेरिटेजले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र गैरआवासीय नेपालीहरुले अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर खरिद भए संगै अब रिसोर्ट नयाँ व्यवस्थापनका साथ सञ्चालन हुन लागेको हो ।

सोहीअनुसार टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्टमा हस्तान्तरण हुन आएको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले बताए । साथै उनले खरिदबापत सरकारलाई लाग्ने सम्पुर्ण करहरु तिर्न तयार रहेको समेत बताए ।

रिसोर्टमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले कानुनमा उल्लेख भएका सम्पूर्ण दायित्वहरु तिर्नका लागि तयार भएको जानकारी कर कार्यालयलाई दिइसकेको बताए।

अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सञ्चालन गर्दै आएको थियो। अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैया लगानी गरेको थियो।

बन्द हुनै लागेको रिसोर्ट सञ्चालन भई नेपालमा रोजगारी सृजना गर्न तथा पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्न टाइगर प्यालेस रिसोर्टमा लगानी गरेको अध्यक्ष सुवेदीले बताए। रिसोर्ट सञ्चालनबाट नाफा कमाउने भन्दा पनि आफ्नो जन्मभूमीप्रतिको दायित्व बोध बढी महशुस गरेको  अर्का सन्चालक दिपक गाैतमले बताए।

रिसोर्टको लगानीकर्ता अष्ट्रेलियन कम्पनी आफैँ आर्थिकरूपमा धरासाही ऋण लगानीकर्ताले रिसभरहरु नियुक्त गरेको थियो। कम्पनीको नेपालमा भएको सबै लगानी नोक्सानीमा गएका कारण टाइगर प्यालेस रिसोर्ट पनि बन्द हुने अवस्थामा पुगेको हो।

बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा अष्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १ करोड ५० लाख अमेरिकी डलरमा कारोबार भएको उनले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित