रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

गीतकार/संगीतकार जानकी पन्थको नयाँ तीज गीत ‘चाहियो काठमाडौंमा घर’ बजारमा आउँदै

हिन्दु नारीहरुको महान चाँड हरितालिका तीज नजिकिंदै गर्दा तीज सम्बन्धी गीत गाउने गायक गायिकाहरुबीच एल्वम निकाल्ने होडबाजी नै चलेको छ । यसै सन्दर्भमा गीतकार/संगीतकार जानकी पन्थले नयाँ तीज गीतको संगालो ‘चाहियो काठमाडौंमा घर’ बजारमा ल्याउने तयारी गर्दैछिन् ।

केही पृथक र सबैले भोगेको साझा समस्यालाई जानकीले गीतमा ढाल्ने प्रयास गरेकी छन् । पहाडतिरबाट मानिसहरु अवसर खोज्दै काठमाडौंलगायतका सहरमा भौतारिनुपरेको, जसका कारण गाउँको विकास समेत पछाडि परेको, नागरिकले समेत अवसर नपाएको जस्ता विषयलाई उजागर गरेर उनले आफ्नै गाउँ फर्कनुपर्छ भन्ने सन्देश गीतमार्फत दिएकी छन् ।

भदौ १ गतेदेखि बजारमा आउने भनिएको गीतको अडियो भिडियो निर्माण कार्य यही साउन २८ गते हुने गायीका पन्थले जानकारी दिइन् । गीतको रेकर्डिङ काठमाडौंको म्यूजिक नेपालमा गरिएको छ । गीतमा शब्द÷संगीत जानकी पन्थको रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् । अस्मिता अधिकारी र आलिफ खानको स्वर रहेको गीतमा कलाकार अनु साह, यशराजका साथै बालकलाकार आदित्य र हृदयाले अभिनय गरेका छन् । आदित्य र हृदयाले यही गीतबाट डेब्यु गरेका हुन् । बालकलाकार हृदया जानकी पन्थकी छोरी हुन् भने आदित्य म्यूजिक नेपालका लेखा अधिकृत यादव बरालका छोरा हुन् । गीतको छायाँकन टिकाथली, ललितपुर÷सुकेधारामा हुँदैछ । भिडियोको निर्देशन सुव्रत आचार्यले गर्दैछन् ।

गीतकार संगीतकार हुँदै गायिकाको समेत परिचय बनाएकी जानकी पन्थले गीतको निर्माण, निर्देशन, मोडलिङ समेत गरी ६ वटा क्षेत्रमा अगाडि बढी अलराउन्डरको परिचय दिएकी छन् । ‘हेर्दा हेर्दै यसपालीको तीज पनि आएछ, हाम्रो माया बसेको नी चार वर्ष लाएछ, चन्चल भो मन जब तनमा, वैश चढ्दै गयो भन्छन् अब घरमा, ज्वाई खोज्ने बेला भयो…’ तीजको एल्वम उनले यसअघि नै निकालिसकेकी छन् ।

त्यस अगाडि जानकीले २०६५ सालमा निकालिएको ओए बुढा, २०६६ सालमा निकालिएको पल्लाघरे लाहुरेले लान्छ अरे बाई र २०६७ सालमा बबाल तीज गरी ३ ओटा तीज एल्बम हल्ला चल्छ चलिरहन देउ, २०६६ लोकदोहोरी एल्बम, संघार २०६८ तथा जीत २०७० समेत उनले आफ्नै एकल शब्द र संगीतमा एल्बम निकालिसकेकी छन् । कतिपय गीतमा उनले अभिनय समेत गरेकी छन् । आफ्नो क्षमताको पनि परीक्षण गरौँ भनेर आफैले निर्देशन गर्न शुरू गरेको जानकी बताउँछिन् । अहिलेसम्म एकसय भन्दा बढी गीत आफूले रचना गरिसकेको उनले बताइन् ।

स्वर्गीय मामा लक्ष्मीनाथ अधिकारीको हौसलाबाट कविता र गजलहरु लेख्न सिकेकी पन्थ आफुलाई गीतकार भनेर अरुले चिन्न थालिसकेपछि मात्र यो क्षेत्रम प्रवेश गरेको अनुभुति भएको बताउँछिन् । जानकी पन्थले चलचित्रमा लेखेका गीत पनि लोकप्रिय भएका छन् चलचित्र जिन्दगानी दर्पण छायाँको शीर्ष गीत उनको पहिलो रेकर्डेड गीत हो । ‘यो क्षेत्रमा लागे पछि धेरै माया गर्ने श्रोता र दर्शक पाएकाले थप उर्जा प्रदान गरी हौंसला मिलेको छ ’ जानकी भन्छिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित