मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

नेपाली फिल्म ‘बगान’को टिमले बुटवलमा

  • बगान समाजको यथार्थ चित्रण गरेको फिल्म हो : निर्देशक खनाल
  • बुटवल। देश दौडाहामा व्यस्त नेपाली फिल्म बगानको टिमले बुटवलमा आएर दर्शक तथा पत्रकार भेटघाट गरेको छ।

    ३० बर्ष अघि सारंगी फिल्ल्म्का लागि आएको बिगत सम्झिदै अभिनेता तथा बगानका निर्देशक सरोज खनालले फिल्मले समाजको यथार्थ चित्रण गरेको बताए।  समस्या संग जुध्न र समाधानका लागि समाजलाई एउटा बाटो देखाउन फिल्मले एकल महिलाहरुको कथा बोल्ने बताए।

    फिल्म हलमा एकलमहिला तथा बिधवाहरुलाई निशुल्क हेर्ने व्यवस्था गरेको बताउदै निर्देशक खनालले हरेक महिलाको हक अधिकार चाहनाको पक्षमा समाज हिड्न नसक्दा यस्तो कथा जन्मिएको बताए।

    चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै  खनाले सो कुरा बताएका हुन्।

    सो अवसरमा बोल्दै अभिनेत्री करिश्मा मानन्धरले फिल्म बगानले एकल नारीको अधिकार, समस्या चुनौतीका बीच समाधान खोजेकोले सबै दर्शकले एकपटक हेर्ने पर्ने चलचित्र बनेको बताइन।

    कथा मनपरेको कारण फिल्ममा आबद्ध भएको जानकारी गराउदै अभिनेत्री मानन्धरले हरेक समाजका कुरिती र कुसंस्कृति बिरुद्धको आवाज बगान भएको बताएकी छिन।

    आफ्नो पहिलो फिल्म भएपनि यस क्षेत्रमा पहिल्यै देखि रुचि रहेको र बगानले आफ्नो करिअर अगाडी बढाउने नव नायिका प्रमिला पोखरेलले बताईन।

    बगानको कथामा हरेक नारी आमा छोरी बुहारीको कथा पाइने बताउदै नायिका कार्कीले हरेक समाजमा भएको व्याप्त नारीको बेदनालाई टपक्क टिपेर कथा बुनिएको बताएकी छिन।

    आफ्नो मोफसल यात्रालाई अघि बढाएको बगान टिम शनिबार बिहान चितवनको कार्यक्रम सकेर बुटवल हुँदै आइतबार भैरहवा र पोखरा र त्यसपछि काठमान्डौ जानेछ।

    ‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

    गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेका छन्।

    प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित