तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन

नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीको संसदीय राजनीतिक यात्रा राष्ट्रिय सभातर्फ सोझिएको छ ।

आइतबार भएको निर्वाचनमा उनी ६ हजार ३०३ मतसहित विजयी भएकी छन् ।

एमाले विभाजन, नेकपा एकीकृत समाजवादी गठन, नेकपा एसको महाधिवेशनमा पराजित र फेरि एमाले फिर्तीसँगै पूर्वमन्त्री झाँक्रीको संसदीय यात्रा राष्ट्रिय सभातर्फ अघि बढेको हो । विद्यार्थी पृष्ठभूमिबाट पार्टी राजनीतिमा आएकी झाँक्री राजनीतिका हरेक विषयमा डिबेट गर्न सक्ने क्षमता राख्छिन् ।

एमालेको विद्यार्थी संगठन अखिलको अध्यक्षदेखि राजनीतिमा होमिएकी उनी समानुपातिक सांसद र पार्टी विभाजनपछि शहरी विकास मन्त्रीसमेत बनेकी थिइन् । तीन वर्षअघि २०७९ सालको आमनिर्वाचनमा गुल्मी– २ बाट एमाले नेता तथा हालका उपाध्यक्ष गोकर्ण विष्टसँग पराजित भएकी उनले फेरि राष्ट्रिय सभाबाट संसदीय यात्राको थालनी शुरू गरेकी छन् ।

हालै सम्पन्न एमाले महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित झाँक्रीले गुल्मीबाटै प्रत्यक्ष चुनाव लड्ने चाहना राखेकी थिइन् । तर, गृहजिल्लाबाट उपाध्यक्ष गोकर्ण विष्ट उम्मेदवार बनेपछि पार्टीले उनलाई राष्ट्रिय सभामा पठाएको थियो ।

२०५४ मा एमाले विभाजन हुँदा नेकपा मालेमा लागेकी झाँक्री वामदेव गौतमसँग २०५८ सालमा एमालेमा फर्किएकी थिइन् । राजाको निरंकुश शासन शुरू सँगै उनी निरंकुशताविरुद्धको आन्दोलनमा जोडिइन् । २०६२/०६३ सालको जनआन्दोलनमा विद्यार्थी नेताको रूपमा झाँक्री अग्रमोर्चामा उभिएकी थिइन । झाँक्री स्पष्ट वक्ता, प्रगतिशील र आलोचनात्मक नेतृका रूपमा चिनिन्छिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित