राष्ट्रिय व्यवसायिक पहलको लुम्बिनी प्रदेश संयोजकमा उज्ज्वलप्रसाद कसजू कालिका मानवज्ञान माविकाे अध्यक्षमा नित्यानन्द ज्ञवाली नयाँगाउँ माविले ६३ औं वार्षिकोत्सब एव अभिभावक दिवस मनायाे रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै एघारौँ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिता सुरु देवसिद्ध खानेपानीको १४ औं साधारणसभा बुटवलमा माघ १ गते ‘रम्मिता को पिरती’ सांगीतिक कार्यक्रम आयोजना हुँदै प्राणीशास्त्र सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा सुरु                
समाचार :

तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू

बुटवल । बुटवलको तिनाउ नदीमा अत्याधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माण प्रक्रिया औपचारिक रूपमा सुरू भएको छ । सडक विभागको वैदेशिक सहायता महाशाखाले शुक्रबार पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै योजनालाई अगाडि बढाएको हो । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा नारायणी र तिनाउ नदीमा ‘सिग्नेचर’ पुल निर्माण गर्ने घोषणा गरेको थियो । नारायणीमा निर्माण सुरू भइसकेको छ भने तिनाउमा टेन्डर प्रक्रिया अघि बढेको विभागले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हालको तिनाउ पुल जीर्ण हुँदै गएको र बुटवल क्षेत्रमा सवारी चाप अत्यधिक बढेपछि नयाँ पुल निर्माण आवश्यक देखिएको हो । अहिलेको पुललाई यथावत राखेर उत्तर र दक्षिणतिर २–२ लेनका गरी थप दुई नयाँ पुल बन्नेछन् । २६६ मिटर लामो पुल निर्माणमा करिब २ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । ठेक्काको दुई महिनाको समय राखिएको छ ।

तिनाउ पश्चिम–बुटवल–गोरूसिङ्गे सडक चार र छ लेनमा विस्तार भइरहेकाले भविष्यमा सवारी व्यवस्थापन सहज हुने र जीतगढी किल्ला क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ । पुल निर्माण हुँदा आवागमनमा असहज हुने अवस्था आए पनि पुल निर्माणको तलमाथि गरी ३ वटा वैकल्पिक पुल निर्माण भएर सञ्चालनमा आइसकेका छन् ।


आयोजनाका निर्देशक सुरेश पौडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा बन्ने पुल आकर्षक र पर्यटनमैत्री हुने गरी डिजाइन गरिएको छ । उनले भने, ‘अहिलेको पुल यथावत राखेर तलमाथि एकएक वटा नयाँ पुल बनाइनेछ । यो क्षेत्रको पर्यटन र सौन्दर्य बढाउने लक्ष्य छ ।’ एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले कालीगण्डकी डाइभर्सन वा ड्याममार्फत तिनाउको जलसतह बढाउने सम्भावना अध्ययन भइरहेको बताउँदै जीतगढी किल्लासँगै पुलले महत्वपूर्ण पर्यटन सम्भावना बोकेको उल्लेख गरे । उनका अनुसार बुटवल–पश्चिम क्षेत्रका लागि यो योजना खुसीको विषय हो ।

‘कार्यान्वयन गुणस्तरीय रूपमा पूरा होस् भन्ने अपेक्षा छ, त्यसका लागि सबैको निगरानी पनि आवश्यक छ,’ उनले भने । डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्रका अनुसार सिग्नेचर पुल हेर्दै आकर्षक र कलात्मक हुने भएकाले अन्य परम्परागत पुलभन्दा फरक खालको संरचना हुनेछ । तिनाउ पुलका लागि चिनियाँ, भारतीय, स्विस र नेपाली विशेषज्ञहरूको परामर्शमा आर्किटेक्चर तथा स्ट्रक्चर डिजाइन तयार भइसकेको छ ।

हाल प्रयोगमा रहेको तिनाउ पुल वि.सं. २०३८ मा बनेको हो । पुरानो र साँघुरो भइसकेका कारण नेपाली तथा विदेशी इन्जिनियरहरूको संयोजनमा आधुनिक पुलको डिजाइन तयार गरिएको हो । विश्व बैंकको सहयोगमा निर्माण हुने पुलको आर्किटेक्ट डिजाइन भारतको अन्तर्राष्ट्रिय कम्पनी ‘टोटल सिनर्जी कन्सल्टिङ’ ले तयार पारेको छ भने स्ट्रक्चर डिजाइन स्वीस सरकारको स्वीस डेभलपमेन्ट को–अपरेसनले गरेको हो । विश्वका धेरै शहरहरूमा नदीमाथि आधुनिक र आकर्षक पुलका रूपमा सिग्नेचर ब्रिज लोकप्रिय मानिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित