बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान, १५७ यात्रु भैरहवाबाट उडे

गन्तव्यमा पुग्न नसकेर अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार मध्यान्न काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गरेको छ । निगमको १ सय ५८ सिट क्षमताको एयरवस ३२० ले उडान भैरहवाबाट उडान भरेको हो । काठमाडौंबाट दिउँसो ३ बजेर ४२ मिनेटमा भैरहवा ल्याण्ड गरेको न्यारोबडीले बेलुका साढे पाँच बजे १ सय ५७ जना यात्रु लिएर काठमाडौं फर्किएको थियो ।

काठमाडौंबाट भैरहवा आउँदा उक्त जहाजमा ७६ जना यात्रु आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापवावु तिवारीले जानकारी दिए । नियमित उडान भर्दै आएका जहाजमा टिकट नपाएपछि भैरहवामा यात्रुहरु अलपत्र परेका थिए । जरुरी कामले काठमाडौं जानुपर्ने यात्रुहरु अलपत्र परेपछि सरकारले न्यारोबडीमार्फत् उडान गर्ने निर्णय गरेको थियो ।

‘चार्टर्ड उडानले जरुरी काम भएका यात्रुलाई धेरै सहज भएको छ’, तिवारीले भने, ‘विमानस्थल, नेपाल वायुसेवा र सरकारको पहलले यो सम्भव भएको हो ।’ आइतबार भैरहवाबाट न्यारोबडीले उडान भर्ने सूचनापछि उत्साहित भएर गौतमबुद्ध विमानस्थल पुगेका यात्रु उडान स्थगित भएको सूचनापछि निराश बनेर फर्किएका थिए । तर, सोमबार उडान भएपछि सर्वसाधरण शुखी भएका छन् ।

अन्य समयमा भैरहवा–काठमाडौं दैनिक १८ देखि २० वटा नियमित उडान हुँदै आएका छन् । तर, दसैं मान्न विभिन्न जिल्ला पुगेका यात्रुहरु सडक संजाल बन्द भएपछि अलपत्र परेका थिए । बुद्ध, यति र श्री एयरले उडान थप गरे पनि टिकट नपाएपछि यात्रुले टिकट नपाएको गुनासो गरेका थिए ।

यसपछि न्यारोबडीबाट उद्धार उडान गरिएको हो । न्यरोबडीले काठमाडौंबाट बैदेशिक रोजगारीमा जाने टिकट लिएका यात्रु, विरामी, अशक्त र बृद्धबृद्धालाई प्राथमिकतामा राखेर उडान गरेको विमानस्थलले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित