कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

श्रमिकलाई सामाजिक सुरक्षाबारे अभिमुखिकरण

बुटवल। क्युपेक नेपालको आयोजनामा बुटवलमा सामाजिक सुरक्षा, जलवायु परिवर्तन र गुनासो सम्बोधन विषयक दुई दिने अभिमुखिकरण तथा प्रशिक्षण सम्पन्न भएको छ ।

समारोहको उद्घाटन गर्दै जिफन्टका राष्ट्रिय सचिव हरि कार्कीले देश विकासमा महत्वपूर्ण योगदान दिइरहेका श्रमिकहरू अझै आफ्नो सुरक्षाबाट वञ्चित रहनु परेको उल्लेख गर्दै सरकारको ध्यान यसतर्फ जानुपर्ने बताए ।

सामाजिक सुरक्षा कार्यालय बुटवलका प्रमुख खेम कार्कीले सामाजिक सुरक्षामा आवद्धता प्रक्रियाबारे विस्तृत जानकारी दिँदै, श्रमिकको अंगभंग वा मृत्यु भएमा आजीवन पेन्सनसहितका सुविधा रहेको बताए। स्थानीय सरकारबाट आवद्ध श्रमिकको तथ्याङ्कका आधारमा बजेट बिनियोजन भइरहेको उनले जानकारी दिए ।

क्युपेककी केन्द्रीय अध्यक्ष शान्ता बस्नेतले असंगठित क्षेत्रमा रहेका श्रमिकहरू न्यूनतम सेवासुविधाबाट वञ्चित रहेको बताउँदै, श्रमिकको अधिकारका लागि परिचयपत्र, गास–बास–कपास, शिक्षा, स्वास्थ्य तथा बेरोजगार भत्ताको माग राख्दै आएको बताइन् ।.उनका अनुसार देशका ९ पालिकाबाट श्रमिक सूचिकृत गर्ने तथा सामाजिक सुरक्षामा आवद्ध गराउन बजेट बिनियोजन भएको छ । हाल देशभर १ लाख ८७ हजार ७८७ श्रमिक क्युपेकमा आवद्धता रहेको उनले बताईन ।

कार्यक्रममा क्युपेक रुपन्देहीका अध्यक्ष गंगाराम सुनार, केन्द्रीय सचिव कृतिनिधि विष्ट, केन्द्रीय सदस्य डिलकराम डुम्रे लगायतको सहभागिता रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित