तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पामिर एकेडेमीमा खेल महोत्सव सुरु

तिलोत्तमा–२ स्थित पामिर इन्टरनेशनल एकेडेमीमा आइतबारदेखि खेल महोत्सव–२०८२ सुरु भएको छ । खेल सप्ताह २०८२ अन्तर्गत आइतबार विभिन्न खेल प्रतियोगिता सम्पन्न भएका छन् । शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको खेल महोत्सवमा जुनियर तथा सिनियर तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

आइतबार सम्पन्न खेलहरूमा सिनियर छात्रछात्रा १५ सय मिटर दौड, जुनियर छात्रछात्रा एथ्लेटिक्स, सिनियर छात्रछात्रा सर्टपुट, जुनियर तथा सिनियर छात्रछात्रा १०० मिटर दौड, छात्रा सन्तुलित दौड, आइसक्रिम दौड तथा गुरिल्ला दौड प्रतियोगिता समावेश थिए । खेलका सबै विधामा विद्यार्थीहरूले उच्च आत्मविश्वास, अनुशासन र खेलभावना प्रदर्शन गरेका थिए ।

खेल महोत्सवले विद्यालय परिसरलाई उत्साह र प्रतिस्पर्धात्मक वातावरणले भरिएको देखिन्थ्यो । विद्यार्थीहरू मात्र होइन, शिक्षक तथा अभिभावकको समेत सक्रिय उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा विद्यालय सञ्चालक समितिका अध्यक्ष मोहन चापागाईंले शैक्षिक उपलब्धिसँगै खेलकुदलाई समान महत्व दिनुपर्ने आवश्यकता औंल्याए । उनले भने, “खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको आधार हो । अनुशासन, नेतृत्व, सहकार्य र आत्मविश्वास खेलमै सिकिन्छ । पामिर एकेडेमीले पढाइसँगै खेललाई पनि संस्कारका रूपमा अघि बढाइरहेको छ ।”

त्यस्तै विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अमित रानाले खेल महोत्सव विद्यार्थीको प्रतिभा पहिचान गर्ने महत्वपूर्ण माध्यम भएको बताए ।
“आजको प्रतिस्पर्धात्मक युगमा शारीरिक रूपमा सक्षम र मानसिक रूपमा सबल विद्यार्थी उत्पादन गर्नु हाम्रो लक्ष्य हो,” उनले भने, “यस्ता गतिविधिले विद्यार्थीभित्र लुकेका क्षमता उजागर गर्न सहयोग पुग्छ ।”

विद्यालय प्रशासनका अनुसार खेल महोत्सवका बाँकी खेल कार्यक्रमहरू पनि विभिन्न विधामा निरन्तर सञ्चालन हुनेछन् । खेलकुदमार्फत विद्यार्थीलाई स्वस्थ, अनुशासित र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्यले विद्यालयले नियमित रूपमा यस्ता अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित