युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ

उपमहानगरपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरले प्रदान गर्ने सेवा प्रवाहका बारेमा बुटवल ७ नन्दिनी गौशालामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न वडाका स्थानीय सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य खानेपानी ,सरसफाइ,विद्युतका पोलको समस्याहरु रहेको बताएका छन । शुद्ध खानेपानी खान नपाएको , फोहोरमैलाको उचित व्यवस्थापन नभएको,लागूपदार्थ दुर्व्यसनीले समाज अशान्त भएको र युवाहरू दुर्व्यसनीमा फस्ने गरेको तर त्यसतर्फ नगरको खासै चासो नपुगेको गुनासो गरे । त्यस्तै खोला खोल्सी नालाहरुको उचित व्यवस्थापन हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

सेवाग्राहीहरुले नगरपालिकामा करका विषयमा र अन्य विद्युत खानेपानी, अस्पतालमा छिटो छरितोरुपबाट अझै पनि सेवा लिन नसकेको बताएका थिए ।
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले बुटवललाई समृद्ध बुटवल र बस्न योग्य बुटवल बनाउनका लागि आफूहरुले योजनाका साथ काम अघि बढाएको दावी गर्नुभयो । समानता, स्वाभिमान र अवसर बस्नयोग्य बुटवल शहर भन्ने नाराका साथ आफूहरुले सक्दो प्रयास गरेर नीति तथा योजना र त्यही अनुसारको बजेट ल्याएको उहाँको दावी थियो । ३ तहका सरकारमध्ये स्थानीय सरकार नागरिकको सरकार भएको बताउँदै पाण्डेले धेरै उत्कृष्ट र दीर्घकालीन कामहरु सम्पन्न भएको बताउँदै बाँकी रहेको अधुरा कामहरु सम्पन्न गर्नेतर्फ ध्यान दिने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगर पालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमलाई जोडेर बुटवलको विकासमा निरन्तर लागिरहेको बताउँदै नगरबासीको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुटवलका प्रतिनीधि शुरेश भण्डारी, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख दिपेश बस्यालले नागरिकलाई सेवा प्रवाहमा सहज हुने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

त्यस्तै राजनीतिक दलको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल समिति अध्यक्ष लक्ष्मण श्रेष्ठ ,राष्ट्रिय स्वतन्त्र पार्टी बुटवलका प्रतिनिधि नरेन्द्र पाण्डेले नगरको विकासका काममा सहयोग गर्ने बताएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु , सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु , सुरक्षा क्षेत्रका प्रतिनिधि वडा अध्यक्ष, जनप्रतिनिधि, टोल विकास समितिका अध्यक्ष ,सर्वसाधारण नागरिकहरुको तथा नगरपालिकाका शाखा प्रमुखहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सार्वजनिक सुनुवाइका लागि तयार पारिएको प्रतिवेदन रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारीले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन रेडियोका समाचार प्रमुख अस्मिना पाण्डेले गर्नुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण रेडियो मुक्ति बुटवलले गरेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित