सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

बुटवल ११ मा रहेको तिनाउ इङ्लिस बोर्डिङ स्कुल खेल सप्ताह शुरु भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डेको अध्यक्षतामा आजदेख शुरु भएको खेलकुदका कार्यक्रम माघ ४ गते आइतबारसम्म चल्नेछन् । कुल ६८ वटा खेलका विधामा ४९८ वटा पदकका लागि खेल सञ्चालन हुने बिद्यालयले जनाएको छ ।

खेल सप्ताहमा बिगिनर्स, सब–जुनियर, जुनियर र सिनियर गरी चारवटा समूहमा विद्यार्थीहरूलाई विभाजन गरी खेलाइनेछ । कुनै एक विद्यार्थी ट्र्याक एण्ड फिल्ड गरी जम्मा तीनवटा खेलहरुमा सहभागी हुन सक्ने प्राचार्य सीता पाण्डेले बताउनुभयो ।

खेललाई व्यवस्थापन गर्नका लागि तहगत खेल संयोजक र फिल्ड संयोजकको नियुक्ति गरी खेलाइएको छ । आज उद्घाटन सत्रका खेलहरूमा मन्टेस्वरीतर्फ जम्प इन रिङ र कलेक्सन अफ बल, कक्षा नर्सरीका लागि कप एण्ड बल रेस र हट पोटयाटो, एलकेजी र युकेजीका लागि कलेक्सन बल्स र बिल्डिङ ब्लग्स, वानका लागि बलुन ब्लास्ट र बास्केटिङ द बल सब जुनियरका लागि बुकब्यालेन्स, म्युजिकल चेयर र स्पुन रेस एवं सिनियरका लागि फुटबल, क्रिकेट र भलिबल खेलहरू सम्पन्न भएका छन्

खेलको सञ्चालन र व्यवस्थापन अतिरिक्त क्रियाकलाप सल्लाहकार अग्निधर पोखरेल र अतिरिक्त क्रियाकलाप संयोजक नवीन रत्न शाक्यले गर्नुभएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित