
बुटवल । फूलबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई योजना हस्तान्तरण गरिएको छ ।
मंगलबार खानेपानी तथा सरसफाई कार्यालय योगिकुटीले सम्पन्न भएको ५ करोड ५७ लाखको योजना हस्तान्तरण गरेको हो । आयोजनाबाट बुटवल उपमहानगरपालिका वडा नम्बर २ का ५ हजार ८०४ घरधुरी लाभान्वित हुने भएका छन ।
सो अवसरमा बोल्दै खानेपानी तथा सरसफाई कार्यालय योगिकुटीका प्रमुख राजकुमार चौधरीले पानीका स्रोतहरु संरक्षण जरुरी रहेको बताए । उनले पछिल्लो समय पानीको मूलहरु सुक्दै गइरहेको बताउदै त्यसप्रति सबैको चासो आवश्यक रहेको बताए । चौधरीले माग आधारमा योजना आपूर्ति हुन नसकेको समेत बताए ।
कार्यक्रममा फूलबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हिकबहादुर दर्लामी मगरले आफू खानेपानीको क्षेत्रमा नयाँ भएको बताउदै उपभोक्तालाई सहज रुपमा पानी पुयाउने गरी काम गर्ने बताए । खानेपानीको सचिव चेत ठाडामगरले सुद्ध पिउने पानी अहिले उपभोक्ताको आवश्यकता रहेको बताए ।