
बुटवल । बुटवलस्थित सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीले आफ्नो १७ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठले जिल्लामामा रक्तदान गर्ने चलन बढदो रहे पनि अझै अझै पनि रक्तदान गर्ने सस्कृति बढदै जानुपर्ने बताए । यसको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सहकारीले विभिन्न सामाजिक उत्तरदायित्व अन्तगर्त रक्तदान कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिँदै आएको बताए । उनले स्वस्थ्य व्यक्तिले हरेक तीन–तीन महिनामा रक्तदान गरे कुनै पनि बिरामीले रगतको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए । सहकारी आर्थिक र सदस्यको हिवासले बलिरहेको रहेको बताए ।
सो अवसरमा ६० युनिट रगत संकलन भएको थियो ।
कार्यक्रम संयोजक कृष्ण पौडेलले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमलाई निरन्तरा दिने बताए । उनले सहकारी र रक्तदाताबीच अनोन्याश्रीत सम्बन्ध रहेको बताए ।
सहकारीमा हाटबजारमा व्यवसाय गर्ने ९० प्रतिशत सदस्यहरु रहेका छन । सहकारीमा ९०० भन्दा बढी शेयर सदस्य रहेका छन । यसैबीच सहकारीले मंगलबार साझ मानवसेवा आश्रममा आश्रितहरुलाई खाना समेत खुवाएको छ । कार्यक्रमको सञ्चालन सहकारी सचिव इश्वरी प्रसाद पोखरेलले गरेका थिए ।