दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

नवीनमा हेल्थ एम्वेसडरको छनाेट कार्यक्रम  सम्पन्न

नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा स्वास्थ्य प्रवर्धनात्मक विद्यालय मापदण्ड कार्यान्वयनको क्रममा हेल्थ एम्वेसडरको छनौट कार्यक्रम  सम्पन्न भएको छ ।
विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा हेल्थ एम्बेसडर छनोट र क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको हो ।
उक्त अवसरमा प्रत्येक विद्यालयमा पाँच सय विद्यार्थी बराबर एक छात्र /एक छात्रा हेल्थ एम्बेस्डर छनोट गर्ने प्रावधान अनुसार पाँच हजार विद्यार्थी भएकाले पाँच जना छात्र र पाँच जना छात्रा हेल्थ एम्बेस्डर छनोट गरिएको छ ।
जसमा छात्रतर्फ आशिष गौतम, कौशल आचार्य, माधव कुँवर, आर्जित कार्की, सविन पोखरेल र छात्रातर्फ समिता गौतम, विनिता महत, अनुष्का खड्का, सायमा बानो र रीतिका गाहा छनोट भएका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका जनस्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण शाखा प्रमुख युवराज पाण्डेयले विद्यालयमा हेल्थ एम्बेसडर छनोट गर्ने महत्त्वपूर्ण कार्य भएकोले बुटवल उपमहानगरपालिका भित्रका १९ वटा वडाले नै अनुकरण गर्न सक्ने किसिमले कार्य सम्पादन गर्न निर्देशन दिँदै अतिरिक्त क्रियाकलापका साथै पढाइलाई समन्वय गरेर नेतृत्व गरी जङ्गफुट नियन्त्रण, विद्यालयको चमेना गृह अनुगमन, दिवा खाजा अनुगमन लगायतका कार्यमा सक्रिय रूपमा लाग्न आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा कक्षा ९ की विद्यार्थी आकृति गाहाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्टाफ नर्स दिपा केशरीले सहजीकरण गरेकी थिइन ।
हेल्थ एम्बेसडर छनोट कार्यक्रममा शिक्षक प्रतिनिधि अनमी शिक्षक सुजिता श्रेष्ठ, एम्बेसडर छनोट भएका विद्यार्थीहरु विनिता महत, समिता गौतम, माधव कुँवर र आशिष गौतमले प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालमा स्वास्थ्य प्रवर्धनात्मक विद्यालय मापदण्ड अनुसार विद्यालय तहमा कोशी प्रदेशमा एक सय साठी, मधेश प्रदेशमा चालिस, बागमती प्रदेशमा आठ सय अड्चालिस, गण्डकी प्रदेशमा चवन्न, सुदूरपश्चिम प्रदेशमा छत्तीस र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट दुई सय अड्चालिस गरी सरकारी तवरमा एक हजार तीन सय छयासी सामुदायिक विद्यालयहरूमा स्टाफनर्सहरु कार्यरत रहेका छन्‌ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित