कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

एभरेस्टमा एसईई उत्तीर्ण बधाई तथा शुभकामना कार्यक्रम

बुटवल। एभरेस्ट ई.बो. मावि बुटवल सुख्खानगरले माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । विद्यालयले आइतवार विद्यालयमा एक कार्यक्रम गरेर उच्च शिक्षाकालागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई सम्मान, बधाई तथा शैक्षिक सफलताकालागि शुभकामना कार्यक्रम गरेको हो ।

बिद्यालय संचालक समितिका उपाध्यक्ष भिम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राचार्य कृष्ण न्यौपानेले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा आगामी शैक्षिक सफलताको शुभकामना दिदै कसैको प्रलोभन, दवाब र अरुकै रहरमा बिषय नरोज्न आग्रह गरे ।

उहाले एसईईको नतिजा आउना साथ विद्यार्थी तथा अभिभावकलाई फोन गर्ने र विभिन्न प्रकारका प्रलोभन देखाउने खालका कृयाकलाप बढेको उल्लेख गर्दै त्यसको पछी नलागेर सही र आफ्नो चाहना अनुसारको बिषय र बिद्यालय छनोट गर्न सुझाव दिए।

कार्यक्रममा विद्यालयका सहप्राचार्य भिमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी, अभिभावक भगवती भण्डारी, बिद्यार्थी पवन भण्डारी र एन्जिला पन्थी लगायतले सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै आउने शैक्षिक उपलब्धि हासिल गर्नकालागि मेहनत, लगनशीलता र निरन्तर अध्ययनशिलताको आवश्यकता रहेको बताएका थिए ।
सो अवसरमा माध्यमिक शिक्षा परीक्षा २०८१ मा ४ जिपीए ल्याउने विद्यार्थी पवन भण्डारीलाई नगद दस हजार सहित सम्मान गरिएको थियो ।

एसईई परीक्षा २०८१ मा एभरेस्टबाट एक जनाले ४ जिपीए ३.६१ जिपिएदेखि माथी ६९ जनाले, ३.२१ जिपीएदेखि माथी ५९ जनाले र २.८१ माथी २९ जना विद्यार्थी उत्तीर्ण भएको शिक्षक माधव पौडेलले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित