निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिीबिहीन दिवस मनाइयाे

बुटवल, असार १३ । रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिीबिहीन दिवस मनाइएको छ ।

श्रवण दृष्टिीबिहीन अभिभावक समाज, रूपन्देहीले शुक्रबार बुटवलमा कार्यक्रम गरी श्रवण दृष्टिीबिहीन दिवस दिवस मनाउदै शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो । संयुक्त राष्ट्रसंघ महासभाले १६ जुन सन् २०२५ अर्थात २०८२ असार १ गते सर्वसम्मत रुपमा ए÷७९÷एल.९२ प्रस्ताव पारित गर्दै जुन २७ लाई अन्तर्राष्ट्रिय श्रवण दृष्टिबिहीन दिवसको रूपमा घोषणा गरेको छ ।

कार्यक्रममा बोल्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र, रूपन्देहीका शिक्षा अधिकृत दीपक माझीले श्रवण दृष्टिबिहीन व्यक्तिहरुको लागि यो दिवस ऐतिहासिक उपलब्ध भएको बताए ।

अधिकृत माझीले श्रवणदृष्टिबिहीन बालबालिकाका लागि शिकाई केन्द्रहरु थप गर्दै जान आवश्यक रहेकोमा जोड दिए ।

श्रवण दृष्टिबिहीन व्यक्तिहरुको सञ्चारका अधिकार र स्वावलम्बनका लागि आवश्यक सेवा र प्रविधिको पहुँच विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा शान्ति नमूना मावि तिलोत्तमाका सह– प्राचार्य लोकनाथ कंडेल श्रवण–दृष्टिविहिन आवाससहितको विषेश विद्यालय सञ्चालन भइरहेको बताए ।

यस्ता बालबालिकाले पाउनु पर्ने अन्य सबै प्रकारका हक र अधिकार संरक्षण, संवद्र्धनका निम्ति राज्यबाट अझै सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका पञ्जीकरण शाखाका प्रमुख संगिता अर्याल, शिक्षा अधिकृत रेनुका अधिकारी, रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण जिसी, श्रवणदृष्टिबिहीन भएका दीपक कहार लगायतले बोल्दै श्रवण दृष्टिबिहीनको शिक्षा र सामाजिक जीवनमा प्रभावकारी समावेशीकरण गर्न राज्य, नागरिक समाज र समुदायले साझा जिम्मेवारी बनाउन आवश्यक रहेको बताएका थिए ।

श्रवण दृष्टिीबिहीन अभिभावक समाज, रूपन्देहीका अध्यक्ष रीमा कुमारी पुनको अध्यक्षता, परियोजना संयोजक प्रेम आचार्यको स्वागत तथा शिला घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित