निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवल १२ र १३ मा लालपूर्जाविहिन जग्गाको नापजाँच शुरु

बुटवल । बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम शुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच शुरु गरेको हो ।

बुटवलका वडा नम्बर १२ दुर्गानगर र वडा नम्बर १३ को तारा टोलमा नापजाँच नभएका जग्गाहरुको नापजाँचका लागि बुटवल उपमहानगरपालिकाबाट प्राविधिक टोली खटिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले बुटवलका लालपूर्जाविहिन जग्गाहरुको नापजाँच गरी साउनभित्रै लालपूर्जा वितरण गर्ने गरी नापजाँच शुरु भएको बताए ।

उनले यसअघि बुटवल ११ मजुवाका ५ वटा टोलमा १ हजार ७ सय ५० घरघडेरीको नापजाँच सकिएको र त्यसअघि बुटवल ११ प्रगतिनगर १ हजार ७ सय ५२, बुटवल २ पाखापानी, मनकामना टोल, सिर्जनानगरमा ९ सय ५०, बुटवल १४ कैलाशनगर ६५ वटा, बुटवल १४ विनायकपूर १०० जति घरघडेरीको नापजाँच भइसकेको बताए ।

प्रक्रिया पूरा भएका जग्गाहरुको लालपूर्जा दिने तयारीका साथ बुटवल उपमहानगरपालिका र भूमि समस्या समाधान आयोगले काम गरिरहेको उनले बताए ।

भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले बुटवल उपमहानगरपालिकाको क्रियाशीलताका कारण सबैभन्दा शुरुमा बुटवलमा लालपूर्जा वितरण हुने गरी काम भइरहेको बताए । उनले प्रक्रिया पूरा भएका घरघडेरीको लालपूर्जा दिने गरी काम अगाडि बढेको बताए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा उपाध्यायले लालपूर्जाविहिन जग्गाहरुको नापजाँचमा वडाबाट पूर्ण रुपमा सहजीकरण हुने र कुनै विवाद नगरी नापजाँच अगाडि बढ्ने बताए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायणप्रसाद पुनले लालपूर्जा नपाएका घरधनीहरुलाई पूर्जा दिने गरी शुरु भएको काममा सबैको साथ र सहकार्य जरुरी रहेको बताए ।

बुटवल १२ र १३ मा बुटवल उपमहानगरपालिकाबाट प्राविधिक टोली खटिएको र डिजिटल नापी भएका कारणले कुनै समस्या नआउने गरी नापजाँच हुने बुटवल उपमहानगरपालिका नापी शाखाका त्रिदेव बुढाथोकीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित