मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न

टबजार व्यवसायी संघ, जिल्ला समिति रूपन्देहीले ३१ आंै नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षहरुमा जस्तै संघले सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यसहित रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै संघका संस्थापक अध्यक्ष बाबुराम पोखरेलले सामाजिक क्षेत्रमा संघले स्थापना कालदेखि योगदान गर्दै अघि बढेको बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष अध्यक्ष कृष्णचौहान क्षेत्री हरेक स्वस्थ नागरिकले हरेक तीन÷तीन महिनामा रक्तदान गर्नुपर्ने बताए । रगत आवश्यक पर्ने विरामीको लागि बुटवलमा समस्या सृजना हुन आफूहरुले नदिएको बताए । हाटबजार व्यवसायी संघका हुमाराम पोखरेलले खाद्यान्न सहयोगसँगै धेरै सामाजिक काममा संघले साथ दिँदै आएको बताए ।
रक्तदान कार्यक्रम संयोजक बिमल फुल्लेल सो अवसरमा ८५ युनिट संकलन भएको जानकारी दिए । केही दिनअघि सैनामैनामा गरिएको रक्तदानमा ३५ युनिट संकलन उनको भनाइ छ । संघका हुमाराम पोखरेलको अध्यक्षता, उपाध्यक्ष रविलाल पोखरेल उपाध्यक्ष स्वागत तथा सचिव ईश्वरचन्द्र भटराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित