मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला

रूपन्देहीको बुटवल स्थित स्थित आन्तरिक राजस्व कार्यालयले शुक्रबार सार्वजनिक विदाको दिन आफ्नो सेवा प्रवाह गरेको छ ।

शुक्रबार शहिद दिवसको अवसरमा सार्वजनिक विदा भएपनि सेवाग्राहीको सुविधाका लागि आन्तरिक राजश्व कार्यालय बुटवलले शुक्रबार पनि विहान १० बजे देखि सांझ ५ बजे सम्म सेवा प्रवाह गरेको हो ।

आन्तरिक राजश्व कार्यालय बुटवलका कार्यालय प्रमुख हरि बस्यालले व्यक्तिगत स्थायी लेखा नम्बर लिने करतादाताहरुको अत्याधिक चापलाई मध्यनजर गरी सेवाग्राहीहरूको सहजताका लागि शुक्रवार परेको सहिद दिवस बिदाको दिन समेत कार्यालय खुल्ला गरी सेवा प्रवाह गरेको बताए ।

विदाको दिन पनि सेवा बन्द नहुने जानाकारी पाएका सेवाग्राहीको विहानै देखि कार्यालयमा भीड लागेको थियो । बुटवलको गोलपार्कबाट आउनुभएका हरि क्षेत्री विदाको दिन पनि प्यान कार्ड बनाउन पाउंदा खुसी लागेको बताए।

अहिले निर्वाचन प्रहरीमा छनोट भएकाहरुलाई अनिवार्य प्यान कार्ड हुनुपर्ने भएपछि शुक्रबार अधिकांश निर्वाचन प्रहरीहरु नै प्यान कार्डका लागि कार्यालयमा आएका थिए । राजश्व कार्यालय बुटवल, सेवा शाखाकी कर्मचारी विमला महतले विहानै देखि सेवाग्राहीको भीड रहेको बताइन ।

नयां प्यान कार्ड, विग्रेको सच्चाउनेहरु धेरै नै आएको उहांको भनाई छ । बुटवलको साथै आन्तरिक राजस्व कार्यालय भैरहवाले शुक्रबार सेवा दिएको थियो । त्यहां पनि सेवाग्राहीको भीड लागेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित