मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई

ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविले प्राप्त गरेको छ ।

ल्याण्डमार्कले शनिबार बुटवलमा आयोजना गरेको प्रतियोगितामा २३ वटा विद्यालयलाई पछि पार्दै उपाधि विजेता कान्ति माविका विद्यार्थीले नगद २० हजार पुरस्कार राशी प्राप्त गरेको छ । प्रतियोगी विद्यालयहरुबाट कक्षा ११ र १२ मा अध्ययनरत उत्कृष्ट ५/५ जना विद्यार्थीहरु बीच अंग्रेजी अक्षरको स्पेलिङ भन्ने यो प्रतियोगितामा मणिमुकुन्द कलेज द्वितीय तथा न्यू होराईजन माध्यमिक विद्यालय तृतीय हुंदै क्रमशः १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेको ल्याण्डमार्क बुटवलशाखा प्रमुख सागर बस्यालले जानकारी दिनुभयो ।

विद्यार्थीमा अध्ययन गर्ने बानिको बिकास तथा शैक्षिक संस्थाहरुबीच आपसी सम्बन्ध बिस्तार गर्ने उद्देश्यसहित तेस्रो संस्करणको रुपमा यो प्रतियोगिता सम्पन्न गरिएको बस्यालले बताउनुभयो ।

प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई तिलोत्तमा क्याम्पसका पूर्व प्रमुख प्रा.डा. आरसी आचार्य, न्यू होराइजन जिविएसका सह–प्राचार्य इन्द्र भुसाल र ल्याण्डमार्कका सञ्चालक तथा इम्पेरियल वल्र्ड स्कुल काठमाण्डौंका सञ्चालक कुमार कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो ।

अस्ट्रेलिया तथा नेपालका ५ शहरमा शाखा कार्यालय रहेको ल्याण्डमार्कले अस्ट्रेलिया, क्यानडा, यूके र यूएस जाने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको छ । वार्षिक १ हजार बढी विद्यार्थीलाई परामर्श सेवा प्रदान गरी विदेश अध्ययनका लागि पठाउने गरेको यस संस्थाले उत्कृष्ट तथा आर्थिक रुपमा कमजोर विद्यार्थीलाई विदेश अध्ययनका लागि ऋण लगानी आवश्यक परेमा समन्वय समेत गर्ने गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित