तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप

बुटवल । बुटवलको बागेश्वरी कला तथा संगीत एकेडेमीले आयोजना गरेको ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’ को उपाधि अक्सफोर्ड सेकेण्डरी स्कुल बुटवलका अंकित गौतमले जितेका छन् । भने ग्लोरी स्कुलकी अध्यता भण्डारी फस्ट रनर अप भइन् । अन्य ८ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि विजेता बनेका गौतमले ५५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाए । यस्तै फस्ट रनर अप भएकी भण्डारीले ३५ हजार रुपैयाँ र सेकेन्ड रनर अप हुन सफल मणिमुकुन्द सेकेण्डरी स्कुलकी दिया सारुले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक डिबी लोहनीले जानकारी दिए ।

विगत २६ वर्षदेखि बुटवलमा सञ्चालनमा रहेको एकेडेमीले नयाँ पुस्ताका विद्यार्थीहरुलाई लक्षित गरी बालबालिकामा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको एकेडेमीकी सञ्चालक लालिमा श्रेष्ठले बताइन् । उनका अनुसार गट ट्यालेन्ट प्रतियोगिताअन्तर्गत रुपन्देहीका बिभिन्न विद्यालयका बिद्यार्थीहरुले नृत्य, गायन, वाद्यवादन, अभिनय÷नाटक, कमेडी, ¥याप जस्ता विधामा प्रतिस्पर्धा गरेका थिए ।

सहभागि विद्यार्थीहरुलाई बिभिन्न ५ वटा चरणमा प्रतिस्पर्धा गराइएको एकेडेमीका म्यानेजर सुमन गहतराजले जानकारी दिए । उनका अनुसार ग्राउन्ड अडिसन, मेघा अडिसन, वर्कसप, सेमीफाइनल हुँदै नृत्य विधातर्फ ६ जना र गायन विधातर्फ ३ जना गरी ९ जना फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका थिए । ‘नो भोट, नो एसएमएस’भन्ने मूल नारासहित सम्पन्न भएको प्रतियोगिताको निर्णायकमा मनिष सारु र विनोद चौधरी रहेका थिए ।

सोही अवसरमा बोल्दै नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले विद्यार्थीहरूभित्र लुकेको कुनै पनि प्रतिभालाई उजागर गर्न यस्ता ट्यालेन्ट सोले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिन आग्रहसमेत गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित