दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा ज्ञवाली

राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको अध्यक्षमा बुद्ध टेलिभिजन बुटवलका उपाध्यक्ष गोपाल ज्ञवाली चयन भएका छन् ।

लुम्बिनीमा आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा अर्जुनराज उपाध्याय, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा आरके सित्तल, सहसचिवमा थानेश्वर घिमिरेलाई चयन गरेको हो । त्यस्तै, सदस्यहरुमा जीवन अधिकारी, पोमनारायण पौडेल, श्री रायमाझी, रिता केसी र संगीता भण्डारी रहेका छन् ।

संघले शनिबार र आइतबार दुई दिन लुम्बिनीमा टेलिभजनहरुको राष्ट्रिय कार्यशाला गोष्ठी पनि गरेको थियो । गोष्ठीले देशभारका टेलिभिजनहरुसँग सहकार्य गर्ने र टेलिभिजनका समस्याहरुको सन्दर्भमा एकता गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कार्यशाला एवं अधिवेशनको लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार उद्घाटन गर्दै लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रियस्तरमा फैलाउन सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए ।

कार्यशालामा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, वर्तमान मन्त्रीहरु, संघीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकहरुको सहभागिता रहेको थियो । नवनिर्वाचित अध्यक्ष ज्ञवालीले टेलिभिजनहरुको प्रवर्द्धनको लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित