३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

पाल्पामा यार्साजस्तै वस्तु भेटिएपछि सर्वसाधारणलाई जंगल प्रवेश निषेध !

पाल्पाको रम्भा गाउँपालिका-३ पिपलडाँडाको रिमिघा वनमा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणलाई प्रवेशमा निषेध गरिएको छ ।

जंगल क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्सागुम्बाजस्तै वस्तु भेटिएको हो । फेला परेका ती जडिबुटी प्रयोगशाला परीक्षणका क्रममा रहेकाले रिमिघा जंगल क्षेत्रमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिए ।

गएको शुक्रबार रमिघा लेकमा खाल्डा खन्ने क्रममा पोसपाखा सामुदायिक वनको क्षेत्रमा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेका थिए ।

ती वस्तुको प्रयोगशाला परीक्षणको कार्य जारी रहेको हुँदा अर्को सूचना नभएसम्मका लागि जंगल क्षेत्रमा प्रवेश नगर्न, नगराउन सार्वजनिक रूपमा अनुरोध गरिएको अध्यक्ष भण्डारीको भनाइ छ ।

डिभिजन वन कार्यालयले कर्मचारी खटाएर संकलन गरी तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाएको कार्यालय प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए ।

रम्भा गाउँपालिकाका कर्मचारीलाई पत्र र नमूना दिएर ललितपुर पठाइसकेको उनले बताए । रिमिघा लेक १ हजार ८ सय मिटरको उचाइमा रहेको छ ।

यार्साको जमिनमुनिको भाग ४ मिलिमिटर मोटो र ४ सेन्टिमिटर जति लामो हुन्छ । माथिको भाग मसिनो ५–६ सेन्टिमिटर जति लामो हुन्छ ।

उचाइ अनुसार नमिले पनि प्रजाति उस्तै र यार्साकै आकार र रङ भएकाले अनुसन्धानका लागि पठाइएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित