भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

एकसाथ ३ सय जनाले रक्तदान गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु भयो रक्तसञ्चार केन्द्र

 

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार करिब ३ सय जनाले एकसाथ रक्तान गर्दै रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो ।

रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने रक्तसञ्चार केन्द्रमा शनिबार २ सय ९७ जनाले रक्तदान गरेका छन् । केन्द्रको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गरे । अस्पतालले अन्य स्वास्थ्य संस्थाहरुमा समेत रगत उपलब्ध गराउन सक्ने क्षमतासहित रक्तसञ्चार केन्द्र स्थापना भएको बताउँदै दिर्घकालिन सञ्चालनमा जोड दिए । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारे पनि निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिइरहेको उल्लेख गरे । ‘रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ ।’–उनले भने । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेका जानकारी दिए । अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको उनको भनाइ थियो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताललाई सरकारले बुटवल मात्रै नभई सिँगो प्रदेशको आर्थिका आधारको रुपमा लिएको बताए । अस्पतालको स्तरोन्नती र गुणस्तरीय सेवा प्रभाहमा भएका प्रगतिले पनि यस तथ्यलाई प्रमाणित गर्ने उल्लेख गरे । अस्पतालमा गुणस्तरीय र विशिष्टिकृत स्वास्थ्य सेवाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षसम्ममा गौरव आयोजना पूरा गर्नका लागि ३ अर्ब बढी लगानी गरिसक्ने जानकारी गराए । अस्पतालमा निर्माणाधिन भवनको काम सम्पन्न गर्नका लागि ६ अर्ब बढी गलानी लाग्ने बताउँदै उनले यसका लागि आवश्यक स्रोत व्यवस्थापन र कार्यान्वयनमा सरकार गम्भिर रहेको उल्लेख गरे । यसैगरी अस्पतालमा अबको महिना दिनभित्रै एमआरआई मेशिन खरिद हुने जानकारी गराए । यसबाट यहाँका जनताले थप स्वास्थ्य सेवा लिन पाउने उल्लेख गरे ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई आर्थिक केन्द्र बनाउनका लागि एक महत्वपूर्ण आधार लुम्बिनी प्रादेशिक अस्पताल भएको बताए । यसका लागि केन्द्र सरकारले समेत प्राथमिकतामा राखेर अघि बढ्नपर्ने उनको सुझाब छ । यसैगरी यहाँका निजी मेडिकल तथा स्वास्थ्य संस्थाहरुले पनि आफ्नो आधारलाई बिस्तार गर्नका लागि प्रादेशिक अस्पतालको बिकासमा हालेमालो गर्न आवश्यक रहेको औल्याए । अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले लुम्बिनी प्रादेशिक अस्पतालको बिकासलाई समग्र लुम्बिनी प्रदेशको बिकासको आधारसँग जोडेर हेर्नुपर्ने बताए । सीमित जनशक्ति र स्रोतसाधनबाटनै अस्पतालले ठूलो जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको स्मरण गराउँदै उनले यदी सरकारले मापदण्डले तोके अनुसार यहाँ प्राप्त जनशक्ति र अन्य स्रोत साधन उपलब्ध गराउन सक्ने हो भने अहिलेकोभन्दा कयौँ गुणा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले अस्पतालमै रक्तसञ्चार केन्द्रको स्थापना भएर उत्कृष्ट अभियानको शुभारम्भ एको उल्लेख गरे । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले अस्पतालमा शुभारम्भ गरिएको रक्तसञ्चार केन्द्र दिर्घकालिन बनाउनका लागि यहाँका सबै सामाजिक संघ संस्थाको सहयोग र साथ महत्वपूर्ण रहने उल्लेख गरे । अस्पतालको सेवा क्षेत्रभित्र रहेका ४० लाख बढी जनसङ्ख्या मध्येबाट वार्षिक साढे ३ लाख देखि साढे ४ लाख जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी गराउँदै उनले गुणस्तरीय सेवालाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।
अस्पतालले सेवा बिस्तार तथा गुणस्तर सुधार गर्दै आकस्मिक कक्षको बेड बिस्तार, प्रदेशकै ठूलो र गुणस्तरीय प्रयोगशाला बिस्तार लगायतका कामहरु भएको जानकारी गराए । अस्पतालमा एमआरआई मेशिन खरिदका लागि गत साता निर्याताकर्ता कम्पनीसँग सम्झौता भएको जानकारी गराउँदै केही हप्ताभित्रै अस्पतालमा मेशिन आउने उल्लेख गरे । यस्तै ब्रेस्ट क्यान्सरको स्क्यानिङ तथा उपचार सेवा, डिजिटल कार्ड सिस्टम लागू गर्न लागिएको बारे पनि जानकारी गराए ।

रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारीले अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनासँगै अब यसको सञ्चालनको सम्पूर्ण जिम्मेवारीमा अस्पतालले ध्यान दिनुपर्नेमा जोड दिए । एकसाथ एक जहार युनिट रगत सङ्ग्रह गर्न सक्ने क्षमतासहितको उपकरण अस्पतालाई हस्तान्तरण गरिएको जानकारी गराउँदै उनले अब यसको दिर्घकालिन सञ्चालनका लागि अस्पताल र यहाँका अन्य सामाजिक संघ संस्थाहरुको समेत भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । अस्पतालमा मात्र नभई समग्र लुम्बिनी प्रदेशलाई आवश्यक रगत उपलब्ध गराउन सक्नेगरी रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित