रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी

वर्षौदेखि बत्ति मुनिको अध्यारो बन्दै आएको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी भएका छन् । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाको पहलमा गाउंमा विद्युत लाइन बिस्तार गरी मंगलबारदेखि बत्ति बल्न सुरु भएको हो ।

पुर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवल उपमहानगरको तामनगरदेखि ५ किलोमिटर उत्तरतर्फ जंगलको बीचमा रहेको ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय ४६ वर्षीया सुमित्रा गाहाले खुसी भइन । गाउंमा बत्ति पुगेपछि अब दैनिक काम काजमा सहयोग पुग्ने उनले बताइन । प्राधिकरण बुटवल वितरण शाखाका प्रमुख कपिलराज पाण्डेले अब रुपन्देहीमा कुनै पनि गाउं विद्युत सेवाबाट बञ्चित नभएको उल्लेख गरे । ज्यामिरेका ६ घरमा बत्ती बालिएको बताउंदै उनले प्राधिकरणको ४० लाख बढी लागतमा विद्युतीकरण भएको बताए । ८६ वटा विद्युत पोलमार्फत गाउंमा बिजुली पुर्याउने काम भएको उनको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित