निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी दाङको गडवाका चौधरीको मृत्यु

गुल्मीमा मोटर साइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका –३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन ।

जिल्लाको रेसुङ्गा नगरपालिका –६ अन्तर्गत सिमाहाघाटबाट सदरमुकाम तम्घास आउने क्रममा लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल सोही वडाको लप्सी भन्ने स्थानमा गए राति दुर्घटना भएको हो । दुर्घटनापछि चौधरी सडक छेउँको नालीमा पल्टिरहेको अबस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय तम्घासबाट प्रहरी निरीक्षक भुपेन्द्र थापाको नेतृत्वमा सोमबार बिहान नौ जनाको टोली घटनास्थल पुगेको थियो । मृतक चौधरीे इन्द्र एम के जेबि निर्माण सेवामा सब इन्जिनियरको रुपमा काम गर्दै आउनु भएको थियो । घटनापछि प्रहरीले उहाँका अफन्तहरुलाई खबर गरिसकेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक सारुले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित