दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला

पौडी खेल्ने क्रममा रुपन्देहीको दानव नदीमा सोमवार डुबेर बेपत्ता भएका तीनैजना बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा पौडी खेल्न गएका स्थानीय तीनजना बालक सोमवार दिउँसो १ बजेतिर डुवेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा प्रबक्ता सुरज कार्कीले ती तीनैजना बालकको शव पेला परेको र पोष्टमार्टमको तयारी गरिएको जानकारी दिए । उनका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा डुबेर बेपत्ता भएका स्थानीय १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजनको शव पेला परेको हो ।

जसमध्ये राजनको शव नदीमा हराएको स्थानमा हिलोमा डुवेको अवस्थामा र अन्य दुईजनाको शव डुवेको स्थानदेखि करिव १५ मिटर तल नदीमा फेला परेको थियो । उनीहरुको शव पोष्टमार्टमका लागि भीम अस्पतालमा राखिएको छ । घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयसहितको टोलीले उनिहरुको खोजतलाश जारी राखेको थियो । सशस्त्र प्रहरीको गोताखोरले शव निकाल्न सफल भएको हो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित