रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

भारतीय युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा युवती माथि गोली प्रहार

बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा होटेल सञ्चालन गरेकी २९ वर्षीय टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भयो । बिहानै होटेल खोलेर सरसफाइ गर्न थालेकी उनलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका युवकले गोली हानेर भागेको छिमेकीले बताएका छन् ।

कम्मरमाथि गोली लागेपछि गम्भीर घाइते भएकी टिकाले घटनामा संलग्न ती युवा भारतीय नागरिक आलम अन्सारी भएको प्रहरीसमक्ष बताएकी छन् तर उनको अरू ठेगाना केही खुलेको छैन ।

स्थानीय र त्यो होटेलको घरभेटीका अनुसार गोली प्रहार गर्ने ती युवक यसभन्दा पहिले पनि त्यहाँ आइरहने र ती युवतीलाई मन पराउने गरेका थिए तर उनले अस्वीकार गरेको बताउँदै आएकी थिइन् । केही दिनअघि दुवै जनाबिच भनाभन पनि भएर पछि शान्त भएको थियो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुद्धनगरमा होटेल सञ्चालन आएकी विष्टको कम्मरमाथि गोली लागेको हो। अहिलेसम्म छिमेकी र प्रहरीको भनाइलाई आधार मान्दा र प्रहरीसमक्ष घाइते टिकाले भनेको व्यक्ति एउटै भएको अनुमान गर्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीका अनुसार ती युवतीलाई प्रेम चाहने भारतीय युवकबाटै गोली प्रहार भएको अहिलेसम्मको आकलन छ । ‘घाइते महिलाले भारतीय नागरिक आलम अन्सारीले आफूलाई गोली हानेको बताएको र उ पटक–पटक त्यहाँ आउने गरेको तथा आज पनि भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर त्यहाँ पुगेकोले त्यो आधारलाई बल पुराउँछ’ उनले भने ।

बुटवल ११ का वडा सदस्य तथा स्थानीय नकुल शाहीले पनि गोली हान्ने व्यक्ति त्यो युवतीलाई मन पराएको र उनले अस्वीकार गरेपछि हानेको आकलन गरिएको बताउँछन् । ‘घटनाको अनुसन्धानले सबै बताउला तर अहिलेसम्म हामीले बुझेअनुसार होटेलमा आउने ती भारतीय युवकले नै हानेका हुन् र यसको कारण मायाप्रेम नै हो’ उनले भने । नेपाल प्रेसमा खवर छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार घटनामा भारतीय युवक रहेको प्रारम्भिक अनुमान गरिए पनि विस्तृत केही खुलेको छैन । “केही दिनअघि ती युवतीको एक जना भारतीय युवकसँग विवाद भएको थियो भन्ने सूचना प्राप्त भएको छ, त्यही विवादकै कारण सो युवकले गोली हानेको हुनसक्ने स्थानीयको आशंका छ” उनले भने । घटनामा भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएकाले प्रहरीले सबै सीमा नाकाहरुमा सम्भावित आरोपितको खोजी भइरहेको जानकारी दिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित