रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल                
समाचार :

आज बुटवलमा जितगढी विजय उत्सव मनाइँदै, किन मनाइन्छ विजय उत्सव ?

आज बैशाख गते अर्थात बुटवलको जितगढीमा नेपालअंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजयहासिल गरेको दिनको खुशीयालीमा आज जितगढी उत्सव मनाईँदै १८७२ वैशाख गते जितगढी किल्लामाकर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्षविजय उत्सव मनाउने क्रममा आज पनि विजय उत्सव मनाउन थालिएको हो

आज नै हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी आइपुग्ने नेपाली सेनाका पदयात्रीहरुलाई किल्लामा स्वागत गरिने यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखाजितगढी पदयात्राकोटोलीलाई स्वागत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारीदिए ऐतिहासिक दरबार, गढी, किल्ला पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीयतहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो गोरखाबाट हिँडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै आज ऐतिहासिक जितगढी किल्लामा आइपुग्नेछ

राष्ट्रिय झण्डासहित एकीकरणमा स्थापित श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख जितगढीलडाइँमा सहभागी गुरुबक्स गुल्म सहभागी छन् पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण रुपन्देहीको तारादल गण सहभागी हुँदै छन्

आव बिहान बजे बुटवलको अस्पताल चोकमा राष्ट्रिय झण्डोत्तलन कार्यक्रम हुनेछ भने १० बजे बुटवल गणेशमन्दिरमा गोरखाबाट आएका नेपाली सेनाका टोलिलाई स्वागत गरिने बिहान ११ बजेदेखि बुटवलजितगढी किल्लामा जितगढी उत्सवको मुल समारोह संचालन हुने कार्यक्रम रहेको भने साँझ बजेदेखिसाँस्कृतिक साँझको आयोजना गरिएको

किन मनाइन्छ जितगढी विजय उत्सव ?

अंग्रेजगोर्खा युद्धको महत्वपूर्ण इतिहास बोकेको रुपन्देहीस्थित जितगढी किल्लाले हरेक नेपालीको छाती चौडाबनाउँदछ राष्ट्रियताको प्रतिबिम्बका रुपमा स्थापित युद्ध ईतिहासकोऐतिहासिक पुरातात्विक सम्पदा’ ‘जीतगढी अर्थात उजीरसिंहगढीयतीबेला सबै पुग्नै पर्ने एक गन्तब्य बनेको यो गढीमा झण्डै सय वर्ष पुरानायुद्धसम्बन्धी जीवन्त ऐतिहासिक वस्तु तथा प्रमाण भेट्न सकिन्छ

युद्ध सम्बन्धित पुरानो दस्तावेज उल्लेखित अंशहरु अहिलेपनि जस्ताको तस्तै रहेको , जीतगढीमा त्यसो जितगढीको विषयमा उल्लेखित तथ्यांकमा इतिहासकारबीच फरकफरक धारणा ईतिहासकार प्राध्यापकडाक्टर तेजबहादुर श्रेष्ठले बेलायतको एक संग्रालयमा भेटेको जितगढीको चर्चासहितको सामाग्री भेटिएपछि मात्रजितगढीको बिषयमा नेपालमा बहस हुन थालेको बताउँछन्

अमरसिंह थापाको समयमा भएकोअंग्रेजगोर्खा युद्धमा पाल्पाको गोर्खा फौजको कमाण्ड कर्णेल उजीरसिंहथापाले सम्हालेका थिए रणपतिका रूपमा लडाई लड्दा कर्नेल उजिरसिंह थापा १८ वर्षका नवयुवक थिए जीतगढी सेनकालमा बनेको थियो वा पाल्पा गोर्खामा विलय भएपछि बनाइएको थियो भन्ने तथ्याङक आज पनिप्रष्ट छैन नालापानी, देउथल आदि ठाउँका किल्ला जीतगढी किल्ला वास्तुशास्त्रका आधारमा हेर्दा सँगसँगैबनेको हुन भन्ने प्रशस्त आधार भेट्न सकिन्छ सेनकालमा पाल्पाको संरक्षण गर्न पूर्वतिर वाकुमगढी पश्चिमदक्षिणपट्टि बल्ड्याङ्ग गढी थियो

संवत् १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ठाउँबाट युद्ध छेडिसकेका थिए मकवानपुरचितवन क्षेत्र, बारापर्सारौतहट, मिथिलाक्षेत्र बुटवलको जीतगढी क्षेत्र युद्धबाट नेपाल जोगाउनकालागि किल्लाको रुपमा स्थापित गरिएको थियो तत्कालीन युद्धमा अंग्रेज फौजलाई परास्त गर्न जितगढी सफभयो जीतगढीलगायतका किल्लाहरु गोर्खा फौज डटेर नलडेको भए हामी नेपाली भन्न पाउंथ्यौ नेपालरहन्थ्यो नै रहन्थो होला

जतीबेला बिशाल नेपाल बनाउने गोर्खालीको अभियान माथी अंग्रेजहरुले धावा बोलेका थिए त्यतिबेला भीमसेनथापा ३७ वर्षका थिए भीमसेन थापाले युद्धमा आफ्नै होनहार भाइ कर्णेल रणवीरसिंह थापालाई मकवानपुरचितवनक्षेत्र आफ्नो अधोषित धर्मपुत्र उजिरसिंहलाई बुटवल पश्चिम नेपालका समग्र सामरिक केन्द्र हेर्ने पाल्पागौंडा खटाएका थिए जितगढी, दाउन्ने, चितवन, लोटन, समनपुर, हरिहरपुर आदि महत्वपूर्ण किल्ला जोडीएकोथियो

सेनकालमा बुटवललगायत सेरोफेरोको भूभागलाई अवधलाई रकम तिरेर सेनहरुले उपभोग गर्दै आएका थिए पृथ्वीपालसेनको पालामा पाल्पा राज्य नेपाल अधिराज्यमा विलय हुन गयो तर अवधको रकम लिएको आधारमान्दै बुटवललाई कम्पनि सरकारले आफ्नो भएको दाबी समेत गरेको थियो यता गोर्खालीहरुको भनेसेनराज्यको अधिनमा रहेको बुटवल स्यूराज पनि नेपालकै हुनु पर्ने दाबी थियो जनरल अमरसिंह थापाकोब्रिटिस साम्राज्यवादको विरुद्ध पंजाव केशरी रणजित सिंहसँग १३ बुंदे (सवाल) पत्र लेखेपछि कम्पनी सरकारआगो भएको थियो

कम्पनि सरकार नेपाल सरकार संग भएको सन् १८०१ को सन्धीको धारा मादुई देशबीच सिमा सम्बन्धीविवाद भएमा न्याय अधिकारको सिद्धान्तको आधारमा दुवै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्नेभन्नेव्यहोरालाई समेत बेवास्ता गर्दै कम्पनि सरकारले पूर्वको बाइस गाउँ, बुटवल स्यूराजको खिचलो उठाएको थियो सन् १८१४ नभेम्बर तारिखका दिन कम्पनी सरकारका जनरल हास्टिङगका माक्र्युसले नेपाल विरुद्ध एकतर्फ युद्धघोषणा गरेको थियो ब्यापारीक नाका कब्जागर्ने उद्देश्यले नै अग्रेजले बटौली सिब्राज किल्ला कब्जा गर्नआक्रमण गरेको बताइन्छ

अंग्रेजले पाँच ठाउंँबाट आक्रमणको तैयारीमा सतलज यमुनाबीचको भूभागलाई कब्जा गर्नुका साथै विभिन्ननाकाबाट काठमाडौंसम्म ब्रिटीसले कब्जा हमला गर्ने योजना बनाएपनि सफल हुन सकेन बुटवल क्षेत्रमा हमलागर्न मेजर जनरल जोन सुलिमान उड एक हजार अंग्रेजी सेना तीन हजार हिन्दूस्तानी फौज लिई वनारस गोरखपुरबुटवल हुदै पाल्पा हान्ने कम्पनी सरकारको योजना असफल भयो

त्यसै बेला आठ हजार नेपाली फौजहरु लोटनमा हमला गर्दैछन् भन्ने हल्लाले जनरल उड झन हतोत्साही भए आफ्नो पहिलेको योजना लोटन, पाल्ही, मिनारी, स्यूराजलाई एकै पटक हमला गर्ने योजनालाई थाती राखी सबैछब्बीस कम्पनीका फौज एघार वटा गन सहित बुटवल गौडा नै सबैभन्दा पहिले आक्रमण गर्ने निधो गरीबुटवलतिर बढेका थिए

केही समयपछि कम्पनीका फौजहरु एकत्र भएपछि जनरल उडले फौजलाई दुई समूहमा बाडे एउटा समूहमाग्रेनेडियर दुई कम्पनी दिई क्रोकरलाई कमाण्डर बनाए अर्को समूहमा युद्धको नेतृत्व जनरल उड आफैले लिएरफौजलाई अगाडि बढाए दुवै पक्षबीच घमासान युद्ध भएको थियो युद्धमा सबै प्रकारका रणनीति अपनाइन्छभने जस्तै कर्णेल उजीरसिंह थापाले पनि युद्धमा हटकण्डा अपनाएै अंग्रेज माथि युद्ध जीतेको इतिहासमा भेट्नसकिन्छ

किल्लाको दाहिने तिरबाट हमला गर्ने टोलीबाट नेपाली फौजका सरदार सूर्य थापाले वीरगति प्राप्त गरेका थिए सरदार थापाको बिरगतीसंगै कर्णेल उजीरसिंह थापाको नेतृत्वमा नुवाकोटमा रहेको बाकी सवूज गुरुवक्सपल्टनका फौजहरु लिई जितगढी भित्रैबाट युद्धको नेतृत्व आईपुगेका थिए

लडाइमा कम्पनी फौजका ब्रीगेड मेजर हैट इन्जिनियर लेफ्टिनेन्ट मोरिशन नराम्ररी घाइते भएका थिए गोरखालीहरुको सैनिक शक्ति भन्दा अंग्रेजहरुको शक्ति बढि भएकोले अंग्रेजहरुले युद्ध लडिरहेका थिए तरनेपाली सेनाको साहस, रणकौशल आत्मविश्वास देख्दा जनरल जोन सुलिभान उडको जोश हराइसकेको थियो सधै रक्षात्मक युद्ध लढ्ने गोर्खाली फौज एक्कासी आक्रमक शैलीमा प्रस्तुत भएपछि उडको दिमागले ठाउ छाडीसकेको इतिहास साझी लगातार घरेलु हतियारको साथमा युद्ध लड्दा पनि गोर्खाली फौजपछि हट्ने छाटनदेखाएपछि आफ्नो सहयोगी हार्डीम्यानसंग सल्लाह गरी जनरल उडले युद्ध भूमि छाड्ने आदेश दिएका थिए

पहिलो पटकको युद्धमा कतिको ज्यान गयो भन्ने सम्बन्धमा ईतिहासकारसग फरकफरक तथ्यांक बुटवलबाट कम्पनी सरकारको फौज फर्केपछि सूरजपुरा हुदै जनवरी तारिखका दिन लोटन पुगे जनरल उडलाईबुटवल जीतगढीको विफलताले पिरोलीरहेको थियो उनी निरन्तर जितगढी हान्ने प्रयत्नमा लागी नै रहे एकैचोटिबुटवल नहानी पहिले स्यूराज, तुल्सीपुर आक्रमण गरी पूर्वतिर लाग्ने योजना बनाएका जनरल उडले उजीरसिंहथापा नुवाकोटबाट पाल्पा फर्केको थाहा पाउने बित्तीकै बटौली माथी दोस्रो आक्रमण सुरु गरेका थिए

यसबेला मनसुन सुरु भइसकेको मौसम खराब भइसकेको थियो वर्षा लाग्नाले तिनाउ नदी बढी सकेको थियो नदी तर्न नसकी कम्पनी फौज तिनाउ नदीको पूर्वपट्टिबाट बढ्दै पुरानो खस्यौली हाल बुटवल उपमहानगरपालिकातिरबाट बुटवल दरबारमा तोप आक्रमण सुरु ग९यो वारिबाट पनि नेपाली फौजले प्रत्युत्तरमा एकदुइ तोपकागोला छोडे अंग्रेजहरुले गर्दै गरेको गोलाबारीको पारी बुटवलबाट केही जवाफ कारवाही भएन अंग्रेज फौजलेगरेको अठार पाउण्डको गोला प्रहारले बुटवल दरबार ध्वस्त भएपछि अंग्रेज फौजले बुटवल बजार जितगढी शुन्यभएको अनुमान गरे कुनै किसिमको खतरा नदेखी फौजलाई बुटवल पस्न जनरल उडले आदेश दिए उडकासेनाहरुले तिनाउ नदी पार गर्न लागेको मात्र थियो, अभेद्य रुपमा रहेको जितगढीबाट गोलीको पर्रा छुट्यो धेरैअंग्रेस सेनाहरुको टिनाउ किनारमै मृत्यु भयो भने बाचेका सेनाहरु भागाभाग भए

वर्षा सुरु भइसकेको मलेरिया ज्वरोदेखि अति नै डराउने अंग्रेजहरु नेपाली सेनाको रणकौशल साहससमेटिएको बुटवल जितगढीसंग फेरी झुके आफ्नो सेना त्यहाबाट फिर्ता बोलाउने निर्णय गरे जीतगढीकोलडांईमा सरदार सुर्य थापा, लेप्टेन अमर अधिकारी, कुम्भदान वृष सुर थापा, जमदार भीमसेन देउजा, जमदारसुरवीर वोहोरा, हवल्दार रणसुर वानिया एवं जुठे बस्नेत सहित पांच सय जनाले वीरगति प्राप्त गरेपछि मात्रनेपालीहरुले युद्ध जितेका थिए युद्धमा काजी वीर भञ्जन पाण्डेको सुझबुझ कर्णेल उजीरसिंह थापाको रणकौशलता नै जीतको प्रमुख कारण थियो

बिश्व बिजेता अंग्रेजहरुलाई धुलो चटाउन सफल जितगढीले जोगाएको हाम्रो शान माथी नेपालका धरैशासकहरुले शासन गरिसकेका छन् उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम चलाखी देखाई यसैगढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले यस गढीलाई जीतगढी भनिएको ईतिहांसकारको तर्क

पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २०५ फिट चौडाई करिव ५५ फिट गढीको जग निकै फराकिलो गढीको गारो क्रमशः माथितिर सांगुरो हुंदै गईराखेको गढीको भित्री भागबाटपर्खालको उचाई फुट इन्च १० इन्च चौडा भित्ताको मोटाई फुट इन्च गढीको भित्री भाग खुल्ला यो गढीको निर्माण ईटा सुर्खीको प्रयोगबाट भएको करीव बाह्र लाखदेखि पन्ध्र लाख ईटा प्रयोग भएको

गढीमा शत्रुले आक्रमण गरेको बेला प्रत्याक्रमण गर्ने बुर्जा अर्धगोलाकार रुपमा निर्माण गरिएको वुर्जाहरुमाचरहरु बनाइएका छन् यी चरहरु बन्दुक छिराई आक्रमण गर्न सजिलो हुने हिसाबले निर्माण गरिएको हो

पश्चिम नेपालको व्यापारिक केन्द्र तथा प्रदेश राजधानी बुटवल उपमहानगरपालिका वडा नम्बर को जितगढिकिल्ला पूरानो बटौली शहरको तिनाउ नदि किनारमा

मध्येकालिन नेपालको ऐतिहासमा महत्वपूर्ण स्थान राख्ने सेनवंशी राजाहरुको पालामा बनेको यो गढि किल्लालेनेपालको एकिकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको यस गढिको संरक्षण प्रचारप्रसार हुन सके बुटवलक्षेत्रकै अतितको गौरबमय इतिहासलाई सम्झाउदै सांस्कृतिक पर्यटनको विकासमा महत्वपूर्ण भुमिका खेल्नेनिश्चित

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित