रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवलको ट्राफिक व्यवस्थापन: लोड,अनलोडलाई सहज बनाउन आग्रह

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले मालबस्तु ढुवानी तथा लोड अनलोडको सहज व्यवस्थापन गर्न आग्रह गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । संघको टोली राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पुगरे कार्यालय प्रमुख एसपि श्यामबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

बुटवलको मुख्य सडक निर्माणको क्रममा रहेको र अव्यवस्थित पार्किङका कारणले सामानको ढुवानी तथा लोडिङ अनलोडिङ्मा समस्या भएको बताउँदै मालबस्तुको ढुवानी तथा डोडिङ अनलोडिङमा सहज व्यवस्थापनको माग गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए।

मालबस्तु ढुवानीका साधन ट्रयाक्टर, छोटाहात्तीबाट हुने लोड, अनलोड डेलिभरीमा ट्राफिक प्रहरीबाट अनाहकमा दुख दिने, चिट काट्ने कार्य भएकाले उक्त कार्य बन्द गर्न आग्रह गरिएको उनले बताए।

ज्ञापन पत्रमा सडक निर्माणको क्रममा रहेको तथा ट्राफिकचोकदेखि माथि सर्भिस लेन पनि नभएको र सडक नियमको पालना गर्दै हुने डेलिभरी लोड अनलोडमा समेत जरिवाना गर्ने साथै पार्किङ्ग गरिराखेका गाडीमा समेत ह्वील लक लगाउने र चिट काट्ने कार्य भएकोले यस प्रकारको कार्य यथासिघ्र बन्द गरी व्यापार सहजिकरण गरिदिन अनुरोध गरिएको छ ।

ज्ञापन पत्र बुझदै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपि श्यामबहादुर खत्रीले सकेसम्म व्यवहारिक रुपमा ट्राफिक व्यवस्थापनको काम गरिएको बताए । उनले सडक निर्माणको काम पुरा नहुँदासम्म व्यवहारिक रुपमा सहजिकरण गर्ने बताउँदै ट्राफिक व्यवस्थापनमा पनि सहज हुनेगरी ढुवानी लोड अनलोडको काम गर्न आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित